प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम ‘आईसीटी अवार्ड २०२२’ मा उत्कृष्ट १२ स्टार्टअप, प्रडक्ट र प्रोजेक्टको घोषणा गरिएको छ।
अवार्ड अन्तर्गत स्टार्टअप आईसीटी अवार्ड, प्रडक्ट आईसीटी अवार्ड र राइजिङ स्टार आईसीटी अवार्ड गरी तीन विधाका उत्कृष्ट १२ घोषणा गरिएको हो।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डका रूपमा परिचित आईसीटी अवार्डको स्टार्टअप विधामा ४५ वटा डिजिटल स्टार्टअप, प्रडक्ट विधामा ३६ आईसीटी प्रडक्ट र राइजिङ स्टार इन्नोभेसन विधामा ५२ वटा युवाहरुको इन्नोभेटिभ आइडियाले आवेदन दिएका थिए।
प्राप्त आवेदन मध्येबाट अवार्डको १३ जनाको जुरी समिति र १५ जनाको सल्लाहकार समितिले २ चरणको छनौट पश्चात उत्कृष्ट १२ को नाम छनोट गरेको आयोजक समितिका संयोजक राजन लम्सालले जानकारी दिए।
उत्कृष्ट १२ स्टार्टअपमा एरिया टेक्नोलोजी, बीआईसी टेक्नोलोजी, बिहे नेपाल, क्युरा हेल्थ, ड्यानसन सोलुसन, डिजिटल लर्निङ नेपाल, फ्रेस केटिएम एग्रो, कैंचो ग्रुप, मोनाल टेक, पिक एण्ड ड्रप, रेड टेल फक्स र रिंगेज टेक पर्न सफल भएका छन्।
उत्कृष्ट १२ प्रडक्टमा बीडीएमएस प्रो, बिहे नेपाल, डिसिजन मेन्टर, डाइनो सीआरएम, फिनपस, गल्ली म्याप्स, लोन अटोमेसन सिस्टम (क्रेडिट एक्स माइक्रो), रिंगेज भ्वाइस ब्रोडकास्टिङ स्कुल वर्क्स प्रो, स्मार्ट अफिस, टिग र भैरव ट्रिडेन्ट परेका छन्।
विद्यार्थीले बनाएका उत्कृष्ट १२ इन्नोभेसनमा आस्क म्याटरब, कमर्सिएलाइजेसन अफ अटोनोमस इगल आई अन म्यान्ड एरियल भेहिकल (युएभी), कारोबार एप, मेजरमी डट एआई, मेरो स्वास्थ्य, नयन, नेप्टु, पाइथन भ्वाइस असिस्टेन्ट, सारङ्ग, एसओएल बिन, टिस्क्यान र स्पष्ट नेपाली पर्न सफल भएका छन्।
उत्कृष्ट १२ मा पर्न सफल स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसनले नोभेम्बर ५ मा प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनमा सहभागी हुनेछन। सोहि अवसरमा स्टार्टअप एण्ड आइडिया फेस्ट कार्यक्रम पनि आयोजना हुनेछ। उक्त प्रतिस्प्रधाबाट उत्कृष्ट ५ को छनौट गरिनेछ। उत्कृष्ट ५ ले पब्लिक भोटिङ र जुरीको फिल्ड भिजिट समेत सामना गर्नुपर्ने हुन्छ।
यसैगरी अन्य ९ विधामा अवार्डको छनौट प्रकृया जारी छ। पायोनियर आईसीटी अवार्ड, आन्टरप्रेनर आईसीटी अवार्ड, वुमन आइकन आईसीटी अवार्ड, नेपाली डायस्पोरा आईसीटी अवार्डको पहिलो चरणको छनौट प्रकृया सञ्चालनमा छ। यसैगरी डिजिटल एजुकेशन आईसीटी अवार्ड पब्लिक सेक्टर र प्राइवेट सेक्टर, डिजिटल गर्भनेन्स र डिजिटल सर्भिसेस आईसीटी अवार्डको विधामा पनि छनौट प्रकृया सञ्चालन भइरहेको छ। यसैवर्ष सुरु भएको साउथ एसिया स्टार्टअप आईसीटी अवार्डको अनलाइन नोमिनेशन जारी छ।
विभिन्न १२ विधामा गत साउन १ गतेदेखि अनलाइन नोमिनेसन खुला गरिएकोे थियो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूको सहकार्यसहित आईसीटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ गते द सोल्टी काठमाण्डौंमा आयोजना हुँदैछ। ग्राण्ड फिनाले भन्दा अगाडि प्रि इभेन्ट क्याम्पियनको रूपमा कार्तिक तेस्रो साता देशैभरिका १०० भन्दा बढी स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ आयोजना हुनेछ।
लिभिङ विथ आईसीटीले आयोजना गर्ने नेपालको प्रतिष्ठित यस अवार्ड कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नाष्ट, एफएनसिसिआई लगायतको सहयोग रहेको छ। यस वर्षको अवार्ड कार्यक्रमलाई इन्फोडेभलपर्स, जेनिसिस, दराज, प्रेसिडेन्सियल बिजनेस स्कुल, ब्रोडवे इन्फोसिस, वेद, किंस कलेज, हाम्रो पात्रो लगायतको सहयोग तथा सहकार्य रहेको छ।
Shares
प्रतिक्रिया