विश्वकै चौथो धनी बनेका भारतीय अर्बपति गौतम अदानी सिमेन्ट कारोबारमा जोडिने भएका छन्।
अम्बुजा सिमेन्ट्स र एसीसी सिमेन्ट खरिद गरेसँगै उनले अब एउटा सिमेन्ट युनिट खरिद गर्न लागेका हुन्।
अदानी ग्रुपले ऋणमा डुबेको जयप्रकाश पावर भेन्चर्स लिमिटेडबाट उसको सिमेन्ट युनिट खरिद गर्न कुरा गरिरहेको नवभारत टाइम्सले जनाएको छ।
बन्दरगाह, ऊर्जालगायतका क्षेत्रमा आफ्नो कारोबार फैलाएको ग्रुपले एक सिमेन्ट ग्रिन्डिङ युनिट र दोस्रो सानो सम्पत्ति खरिद गर्न चाहेको छ। यसका लागि ग्रुपले ५० अर्ब भारु खर्च गर्न तयार देखिएको छ।
ब्लुमबर्गले पनि यसबारे उल्लेख गरेको छ। ग्रुपले मे महिनामा स्विटजरल्यान्डको होल्सिम लिमिटेडबाट अम्बुजा र एसीसी सिमेन्ट किनेको थियो। त्योसँगै अदानी रातारात भारतको दोस्रो ठूलो सिमेन्ट उत्पादक बनेको थियो।
अहिले किन्न लागेको ग्रिन्डिङ फ्यासिलिटीबाट २० लाख टन वार्षिक सिमेन्ट उत्पादन गर्न सकिने बताइएको छ।
Shares
प्रतिक्रिया