तिहारमा भाइमसलाको रुपमा प्रयोग हुने काजु-बदामको खपत उच्च देखिएको हो।
३१ करोड रुपैयाँ बराबरको काजु र १४ करोड रुपैयाँ बराबरको बदाम खपत भएको हो।
नेपालमा खासै उत्पादन नहुने यी वस्तु आयतमा भर पर्नुपर्ने अवस्था छ। तथ्यांक हेर्दा ४ लाख ३७ हजार किलो काजु नेपालमा आयात भएको छ भने बदाम २ लाख ८ हजार किलो आयात भएको छ।
यो तथ्यांक चालू आर्थिक वर्षको तीन महिना अवधिको हो।
काजु भियतनाम, मोजाम्बिक र भारतबाट आयात भएको देखिएको छ। बदाम भने भारत रअमेरिकाबाट आयात भएको छ।
90
Shares
प्रतिक्रिया