सेयरबजारमा आज साताको पहिलो कारोबार दिन नै गिरावट आएको छ।
आइतबार बजार १० अंकले घटेको हो। योसँगै ४४ वटा कम्पनीको सेयर बढे पनि १३१ कम्पनीका लगानीकर्ताले गुमाएका छन्। १० वटा कम्पनीको भने उही मूल्यमा कारोबार भएको छ।
आज २० लाख कित्तामात्रै सेयर बिक्री भएका छन्। यसअनुसार ७७ करोड ४९ लाखको कारोबार भएको छ।
कमाउने लगानीकर्ताले आज ७.९० प्रतिशतसम्म र गुमाउनेले ६.९० प्रतिशतसम्म गुमाएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।
आइतबार शिवम् सिमेन्टको सर्वाधिक १० करोड रुपैयाँको कारोबार भएको छ।
18
Shares
प्रतिक्रिया