ad ad

कारोबार


चालू न पुँजीगत : खर्चै गर्न सक्दैनन् राष्ट्रिय गौरवका आयोजना

मरिन डाइभर्सनको प्रगति उत्साहजनक, एमसीएको भौतिक प्रगति निराशाजनक
चालू न पुँजीगत : खर्चै गर्न सक्दैनन् राष्ट्रिय गौरवका आयोजना

वसन्त अर्याल
माघ २९, २०७९ आइतबार १९:१०, काठमाडौँ

राष्ट्रिय गौरवका आयोजनामा मरिन डाइभर्सनको प्रगति उत्साहजनक रहेको छ भने एमसीएको भौतिक प्रगति निराशाजनक देखिएको छ। 

सुनकोशी मरिनको ८८ प्रतिशत भौतिक प्रगति भएको छ भने एमसीएको ३.६६ प्रतिशत मात्रै खर्च भएको हो। 

चालू आर्थिक वर्षमा राष्ट्रिय गौरवका आयोजनाका लागि चालूतर्फ ३ अर्ब ५७ करोड ७९ लाख विनियोजन गरिएकोमा ८० करोड ७९ लाख खर्च भएको छ। 

पुँजीगततर्फ ८८ अर्ब ५३ करोड विनियोजन भएकोमा ६ अर्ब ८६ करोड खर्च भएको छ। वित्तीय व्यवस्थातर्फ ६ अर्ब ८६ करोड रुपैयाँ रहेकोमा १४ करोड रुपैयाँ रहेको छ। 

राष्ट्रिय गौरवका आयोजनामा ९८ अर्ब ९७ करोड विनियोजन गरिएकोमा १५ अर्ब ८ लाख मात्रै खर्च भएको छ। 

राष्ट्रिय गौरवका आयोजनाहरूमध्ये माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको निर्माणसम्पन्न भइसकेको छ। 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गत जेठ २ बाट व्यावसायिक उडान सुरु भएको र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा पुस १७ बाट सुरु भएको छ। 

पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण विधि तयार नहुँदा आयोजना सुरु हुनसकेको छैन भने बूढीगण्डकी जलविद्युत् आयोजनाको मुआब्जा वितरणको कार्य जारी छ। 

मध्यपहाडी राजमार्ग : १८ प्रतिशत भौतिक प्रगति 
आर्थिक वर्ष २०६४/०६५ मा सुरु भएको पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजनाको चालू आर्थिक वर्षमा १८ प्रतिशत भौतिक प्रगति भएको छ। 

९ अर्ब ३३ करोड रुपैयाँ विनियोजन गरिएकोमा १ अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ। कुल १८ सय ८९ किमि रहेकोमा १२ सय ५९ किमि कालोपत्रे भएको छ। १३७ वटा पुलमध्ये ९३ वटा सम्पन्न भइसकेको छ। 

हुलाकी राजमार्ग : ४२.६० प्रतिशत 
१७ सय ९२ किमिको हुलाकी राजमार्गको चालू आर्थिक वर्षमा ४२.६० प्रतिशत भौतिक प्रगति भएको छ। २०६६/०६७ सुरु भएको सडक ८९१ किमि कालोपत्रे, २१९ वटा पुलमध्ये ११५ पुल सम्पन्न भएका छन्। 

कोशी करिडोर
उत्तर दक्षिण लोकमार्ग कोशी कारिडोरको १६२ किमिमध्ये १५० किमि ट्रयाक खुलेको र १२ किमि सडक ट्रयाक खुल्ने काम बाँकी छ। 

लोकमार्गमा ८ वटा पुल निर्माण भइसकेका छन्। चालू आर्थिक वर्षमा १ अर्ब १० करोड रुपैयाँ विनियोजन गरेकोमा २७ करोड रुपैयाँ खर्च भएको छ। 

कालीगण्डकी करिडोर
४ सय २७ किमिको कालिगण्डकी करिडोरमा चालू आर्थिक वर्षमा २२.७१ प्रतिशत खर्च भएको छ। ४ अर्ब ६९ करोड बजेट विनियोजन गरेकोमा १ अर्ब ८ करोड रुपैयाँ खर्च भएको छ। 

मालढुंगा–राम्दी २४५ किमि मध्ये २४४ ट्रयाक खुलेको र गैडाकोट, पिलडाँडा खण्डको १३२ मध्ये ६३ किमि कालोपत्रे सम्पन्न भएको छ। बेनी–जोमसोम १९९ मध्ये ट्रयाक खुलेकोमा १६० किमि ग्राभेल र २० किमि कालेपत्रे भएको छ। १९ वटा पुलहरु निर्माण सम्पन्न भएको छ।  

कर्णाली करिडोर
कर्णाली करिडोरमा ४ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको ४७ करोड रुपैयाँ खर्च गरेको छ। ६ महिनामा ९ प्रतिशत मात्रै खर्च भएको छ। कुल २६८ किमिमध्ये २६३ किमि ट्रयाक खोलिसकेको छ। 

रेल, मेट्रोरेल तथा मनोरेल विकास आयोजना
रेल, मेट्रोरेल तथा मनोरेल विकास आयोजना चालु आर्थिक वर्षमा २२ प्रतिशत भौतिक प्रगति भएको छ। महोत्तरी, सर्लाही र रौतहटमा ५२.५ किमि ट्रयाकब्रेड र ५ वटा पुलहरु निर्माण सम्पन्न भएका छन्। 

काठमाडौं—तराई मधेश द्रुतमार्ग
काठमाडौं—तराई मधेश द्रुतमार्ग चालू आर्थिक वर्षको ६ महिनामा ९.११ प्रतिशत खर्च भएको छ। ३ अर्ब बजेट विनियोजन गरेकोमा १ अर्ब ५९ करोड खर्च गरेको छ। 

सुरुङमार्ग प्याकेज नं १ र २ को सर्भे, फिल्ड, इन्भेष्टिगेसन, डिजाइन तथा ड्रइङ्ग कार्य सम्पननगरी निर्माण कार्य प्रारम्भ भएको छ। प्याकेज नम्बर ३,४ र ५ को ठेक्का सम्झौता भई काम अघि बढेको उल्लेख गरेको छ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको २६.९२ प्रतिशत भौतिक प्रगति भएको छ। २६ करोड रुपैयाँ विनियोजन गरेकोमा ७ करोड रुपैयाँ खर्च गरेको छ। 

गत साउन २६ गते मन्त्रिपरिषद्को निर्णयअनुसार गठित विज्ञ समूहदरा पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्बन्धी प्रतिवेदन तयार भएको छ। 

पशुपति क्षेत्र विकास कोष
पशुपति क्षेत्र विकास कोषको भौतिक प्रगति ४७.४८ प्रतिशत भएको छ। २४ करोड बजेट विनियोजन गरेकोमा ११ करोड रुपैयाँ खर्च भएको छ। 

लुम्बिनी विकास कोषको १ अर्ब ५५ करोड बजेट विनियोजन गरेकोमा ३७ करोड रुपैयाँ खर्च भएको छ। ६ महिनामा २४.१६ प्रतिशत खर्च भएको छ। 

बूढीगण्डकी जलविद्युत् आयोजना
बूढीगण्डकी जलविद्युत् आयोजनाको १५.८६ प्रतिशत भौतिक प्रगतिक भएको छ। 

७ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा १ अर्ब २५ करोड रुपैयाँ खर्च भएको छ। आयोजनाको जग्गाको मुआब्जा वितरण भइसकेको छ। 

बबई सिँचाइ आयोजना
बबई सिँचाइ आयोजनाको १ अर्ब ५२ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ४८ करोड रुपैयाँ खर्च भएको छ। 
५ महिनामा ३४.८८ करोड रुपैयाँ खर्च भएको छ। 

महाकाली सिँचाइ आयोजना
महाकाली सिँचाई आयोजनाको ६ महिनामा ४२.८२ प्रतिशत भौतिक प्रगति भएको छ। 
१ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ५३ करोड रुपैयाँ खर्च भएको छ। 

सिक्टा सिँचाइ आयोजना
सिक्टा सिँचाइ आयोजनामा १ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन भएकोमा ३७ करोड रुपैयाँ खर्च भएको छ। यो भनेको २०.४६ प्रतिशत खर्च हो।  

रानी जमरा कुलरिया सिँचाइ
रानी जमरा कुलरिया सिँचाइ आयोजनाको २ अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा १६.२७ प्रतिशत खर्च भएको छ। ६ महिनामा ४७ करोड रुपैयाँ रहेको छ। 

भेरी–बवई डाइभर्सन
भेरी–बवई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको चालू आर्थिक वर्षमा १९.३८ प्रतिशत भएको छ। २ अर्ब २७ करोड बजेट विनियोजन गरेकोमा ३२ करोड रुपैयाँ खर्च भइसकेको छ। 

सुनकोशी मरिन डाइभर्सन
२ अर्ब ७१ करोड बजेट विनियोजन भएको सुनकोशी मरिन डाइभर्सनको प्रगति लक्ष्यभन्दा बढी छ। ६ महिनामा २ अर्ब ३९ करोड रुपैयाँ बजेट खर्च भएको छ। चालू आर्थिक वर्षको भौतिक प्रगति ८८ प्रतिशत भएको छ। 

राष्ट्रपति चुरे संरक्षण
राष्ट्रपति चुरे संरक्षण कार्यक्रममा चालू आर्थिक वर्षमा १८.७८ खर्च भएको छ। २ अर्ब १७ करोड बजेट विनियोजन गरेकोमा ३० करोड रुपैयाँ खर्च भएको छ। 

मेलम्ची खानेपानी
मेलम्ची खानेपानी आयोजनाको ८० करोड बजेट विनियोजन गरेकोमा १६ करोड रुपैयाँ खर्च गरेको छ। ६ महिनामा २०.७२ प्रतिशत खर्च भएको छ। 

मिलेनियम च्यालेञ्ज (एमसीसी)
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपालको ३.६६ प्रतिशत खर्च भएको छ। चालू आर्थिक वर्षमा ९ अर्ब २७ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ४ करोड रुपैयाँ मात्रै खर्च भएको हो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .