ad ad

कारोबार


स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ २५ अर्बले घट्यो

स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ २५ अर्बले घट्यो

समृद्धा केसी
फागुन २९, २०७९ सोमबार १९:३६, काठमाडौँ

 राष्ट्रिय योजना आयोगले स्वास्थ्य मन्त्रालयको बजेट सिलिङ घटाएको छ। 

आयोगले बजेट बनाउन गत वर्षको तुलनामा करिब २५ अर्ब रुपौयाँ कमको सिलिङ पठाएको छ। 

आयोगले २४ अर्ब ९२ करोड बजेट घटाएर पठाएको छ। गत वर्षको तुलनामा यस वर्ष ३५ प्रतिशतले बजेट घटाएर पठाएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

आर्थिक वर्ष २०७९/८० मा ६९ अर्व ३८ करोड थियो। आगामी आर्थिक वर्षका लागि आयोगले ४४ अर्ब ४५ करोडको सिलिङ पठाएको छ। 

आर्थिक वर्ष २०७९/८० मा चालु बजेट ५४ अर्ब ८४ करोड थियो। आगामी आवलाई आयोगले १८ अर्बले घटाएर ३६ अर्ब ७७ करोडको सिलिङ पठाएको छ। 

त्यस्तै आयोगले पुँजीगत खर्चमा पनि चालु आर्थिक वर्षको तुलनामा ६ अर्ब ८५ करोडले घटाएर ७ अर्ब ६७ करोड राखेको छ। चालु आर्थिक वर्षमा १४ अर्ब ५३ करोड बजेट थियो। 

तलबभत्ता, आमा सुरक्षा कार्यक्रम र सरकारले दिँदै आएको निःशुल्क उपचार खर्चका लागि पहिला नै बजेट सुनिश्चित गर्नुपर्ने मन्त्रालयले जनाएको छ। 

आयोगले पठाएको बजेट सिलिङभन्दा केही बढ्न सक्ने मन्त्रालयका एक अधिकारीले जानकारी दिए। 

यी शीर्षकमा घट्ने
आर्थिक वर्ष २०७९/८० मा स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि १५ करोड ३९ लाख बजेट थियो। आगामी आर्थिक वर्षका लागि ९ करोड ३३ लाखको सिलिङ आएको छ। 

चालु वर्षका लागि एकीकृत पूर्वाधार विकासमा १२ करोड ७६ लाख बजेट थियो। नयाँ आर्थिक वर्षका लागि ६ करोड तोकिएको छ। 

त्यस्तै कोभिड–१९ रोकथामका तथा नियन्त्रण कार्यक्रमका लागि १५ करोड ४७ लाख गत वर्ष छुटाइएको थियो। आगामी आ.व.का लागि घटाएर पाँच करोड ४२ लाख सिलिङ पठाइएको छ। 

स्वास्थ्य बीमाका लागि बजेट सिलिङ बढेर आएको छ। आ.व. २०७९/८० मा साढे सात करोड बजेट छुटाइएको थियो। आगामी आर्थिक वर्षका लागि एक करोड बजेट बढाएर साढे आठ करोड बनाइएको छ। 

स्रोत व्यवस्थापन
सरकारले आर्थिक वर्ष २०७९/८० का लागि ४९ अर्ब ५१ करोड बजेट व्यवस्थापन गरेको थियो। अब अगामी आर्थिक वर्षका लागि ३१ प्रतिशतले बढाएर ३४ अर्व ४५ करोड व्यवस्थापन गरिने भएको छ। 

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा मन्त्रालयले चार अर्ब चार करोड अनुदान पाएको थियो। आगामी आर्थिक वर्षका लागि एक अर्ब ७५ करोड सिलिङ पठाइएको छ। 

त्यस्तै ऋणमा पनि चालुमाभन्दा नयाँ बजेटका लागि सात अर्बले कम भएको छ। आर्थिक वर्ष २०७९/८० मा १५ अर्ब ८२ करोड थियो, आगामी आर्थिक वर्षका लागि ८ अर्ब २५ करोड तोकिएको छ। 

राष्ट्रिय योजना आयोगले बनाएको सिलिङअनुसार आगामी आर्थिक वर्षको कुलबजेटको आकार पनि घट्नेछ। 

आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटको आकार चालू आर्थिक वर्षको भन्दा झण्डै १ खर्ब कम हुनेछ। आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले १६ खर्ब ८८ अर्ब ४० करोड रुपैयाँको सिलिङ दिएको छ। 

आर्थिक वर्ष २०८०/०८१ मा स्रोत अनुमान भने राजस्वबाट १४ खर्ब ३ अर्ब ४० करोड रुपैयाँबराबर परिचालन हुनेछ। 

वैदेशिक अनुदान २५ अर्ब रुपैयाँ प्राप्त हुँदा वैदेशिक ऋण १ खर्ब ७६ अर्ब रुपैयाँ पुग्ने प्रक्षेपण छ। यता आन्तरिक ऋण २ खर्ब ३० अर्ब उठाउने प्रक्षेपण आयोगले गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .