ad ad

कारोबार


बीपीडब्लु लघुवित्तको आईपीओ बाँडफाँट

बीपीडब्लु लघुवित्तको आईपीओ बाँडफाँट

नेपालखबर
चैत ३, २०७९ शुक्रबार १४:५५, काठमाडौँ

बीपीडब्लु लघुवित्तको प्राथमिक निष्काशन (आईपीओ) बाँडफाँट भएको छ। 

आज (चैत ३ गते) शुक्रबार लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केटसको कार्यालयमा सो आईपीओ बाँडफाँट भएको हो।

कम्पनीले फागुन १८ गतेदेखि २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता सेयर निष्काशनमा ल्याएको थियो।

लघुवित्तको आईपीओमा कुल १४ लाख ५९ हजार ७८४ जनाले १ करोड ५७ लाख ३५ हजार ८१० कित्ता सेयरका लागि आवेदन दिएका थिए। जसमध्ये १४ लाख ५८ हजार २७८ आवेदन स्वीकृत भएको छ भने १ हजार १३६ आवेदन रद्द भएको छ।

मागभन्दा बढी आवेदन परेका कारण धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथा माध्यमबाट आईपीओ बाँडफाँट गरिएको हो। यस अनुसार कुल ८ हजार ९५ जनाले १० कित्ताका दरले लघुवित्तको सेयर प्राप्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .