उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले रुग्ण आयोजनाहरू सम्पन्न गर्न आफूले प्रयास गरिरहेको बताएका छन्।
शुक्रबार काठमाडौं उपत्यकाका भैँसेपाटी, बौद्ध जोरपाटी, बालाजु बाइपासलगायतका क्षेत्रहरूमा अनुगमन गरेपछि उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिएर मात्रै नबस्ने बताएका छन्।
मन्त्रीले टोलीमा मन्त्रालय तथा विभागका अधिकारीहरूसहित अनुगमनमा पुगेका उपप्रधानमन्त्री श्रेष्ठले उपत्यकाका कतिपय क्षेत्रमा भत्किएका सडकहरू बनाउने काममा केही प्रगति भएको बताएका छन्।
‘निर्माण व्यवसायीहरूलाई बोलाएर देशभरिको रुग्ण आयोजना सम्पन्न गर्न निर्देशन दिएको छु । निश्चित समयभित्र गुणस्तरीय काम सम्पन्न गर्न निर्देशन दिइएको छ,’ श्रेष्ठले भने, ‘त्योअनुसार अनुगमन पनि भएको छ, काममा केही प्रगति पनि भएका छन्। तर, अझै पनि पूरै सन्तुष्ट हुन सक्ने स्थिति छैन।’
उनले कतिपय सडक निर्माणमा खानेपानी, विद्युतलगायत अन्य कार्यालयहरूको कारण ढिलाइ भइरहेको बताए।
त्यस्तै निर्माण व्यवसायीका कारण पनि सडक निर्माणमा ढिलाइ भइरहेको बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले त्यसलाई छिटो सम्पन्न गर्न आफू प्रयत्नशील रहेको उल्लेख गरे।
कतिपय अदालतको आदेशका कारण पनि काम रोकिएको भन्दै श्रेष्ठले अदालतको आदेशलाई हस्तक्षेप गर्न नसक्ने भए पनि त्यसमा अनुरोध गरेर अगाडि बढ्ने बताए।
गुणस्तरीय सरकारमा हिँड्न पाउने अधिकार नागरिकको भएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।
गुणस्तरीय सडकमा हिँड्न पाउने जनताको अधिकारलाई सरकारले प्रत्याभूत गर्नुपर्ने बताएका छन्।
प्रतिक्रिया