ad ad

कारोबार


विकास बैंकहरुको नाफा १२.१६ प्रतिशतले घट्यो, कुनले कति कमाए?

विकास बैंकहरुको नाफा १२.१६ प्रतिशतले घट्यो, कुनले कति कमाए?

फाइल तस्बिर


नेपालखबर
चैत ६, २०७९ सोमबार १८:१३, काठमाडौँ

विकास बैंकले चालू आर्थिक वर्ष २०७९/०८० को माघ मसान्तसम्म ३ अर्ब १९ करोड रुपैयाँ नाफा गरेका छन्। 

सञ्चालनमा रहेका १७ विकास बैंकले माघ मसान्तसम्म सो नाफा गरेका हुन्। पाँच विकास बैंकको नाफा भने सार्वजनिक भएको छैन।

गत वर्ष सोही अवधिमा विकास बैंकले ३ अर्ब ८८ करोड रुपैयाँ नाफा गरेका थिए। जुन गत वर्षको तुलनामा १२.१६ प्रतिशत कम हो। 

चालू आवको माघ मसान्तसम्म महालक्ष्मी विकास बैंकले ३६ करोड ४ लाख नाफा गरेको छ। गत वर्ष सोही अवधिमा बैंकले ५२ करोड ८ लाख नाफा गरेको थियो। 

त्यसैगरी कर्णली डेभलपमेन्ट बैंकले १ करोड २ लाख, साग्रिला डेभलपमेन्ट बैंकले २१ करोड ९ लाख, मितेरीले ६ करोड ३ लाख, मुक्तिनाथ विकास बैंकले ७३ करोड, गरिमाले ५८ करोड, कामना सेवाले २६ करोड, कर्पोरेटले १ करोड १ लाख, ज्योति विकास बैंकले ११ करोड, शाइना रेसुङाले ४९ करोड, लुम्बिनी डेभलपमेन्ट बैंकले ३० करोड र ग्रीन डेभलपमेन्ट बैंकले २ करोड ९ लाख रुपैयाँ नाफा गरेको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .