ad ad

कारोबार


सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार, ४ अर्ब १८ करोड पुग्यो पुँजी

सानिमा र रिलायन्स लाइफको एकीकृत कारोबार, ४ अर्ब १८ करोड पुग्यो पुँजी

नेपालखबर
चैत ९, २०७९ बिहिबार १८:३१, काठमाडौँ

सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्सले एकीकृत कारोबार सुरु गरेका छन्।

मर्जरपश्चात् सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको हो। 

दुवै इन्स्योरेन्स समान अनुपातमा मर्ज भइ आज (चैत ९ गते)देखि एकीकृत कारोबार सुरु गरेका छन्। 

सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले कम्पनीलाई नेपाल बीमा प्राधिकरणले फागुन १८ गते मर्जरसम्बन्धी अन्तिम स्वीकृति प्रदान गरेको थियो।

यस्तै कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जर हुने अन्तिम दिनसम्म कायम सबै सम्पत्ति र दायित्वहरु नयाँ बन्ने कम्पनी सानिमा रिलायन्स लाइफले सकार्ने गरी फागुन २९ गते स्वीकृति प्रदान गरेको थियो।

मर्जपश्चात् कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ पुगेको छ। मर्जरअघि सानिमा लाइफ इन्स्योरेन्सको चुक्ता पुँजी २ अर्ब रुपैयाँ र रिलायन्स इन्स्योरेन्सको २ अर्ब १० करोड रुपैयाँ पुँजी थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .