ad ad

कारोबार


५० वर्षे विरासत बोकेको व्यावसायिक घरानाका राजेश अग्रवाल परिसंघको ‘वेटिङ’ अध्यक्ष

५० वर्षे विरासत बोकेको व्यावसायिक घरानाका राजेश अग्रवाल परिसंघको ‘वेटिङ’ अध्यक्ष

राजेश कुमार अग्रवाल


नेपालखबर
चैत ९, २०७९ बिहिबार १८:८, काठमाडौँ

नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका छन्। नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा राजेश कुमार अग्रवाल चयन भएका हुन्। 

परिसंघको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप अग्रवाललाई वरिष्ठ उपाध्यक्षमा चयन गरेको हो। 

परिसंघमा नेतृत्वचयन फरक प्रक्रियाबाट हुन्छ। निर्वाचन प्रक्रिया नअपनाई र नेतृत्व गर्ने समयमा निर्विकल्प पारेर अध्यक्ष चयन गर्ने व्यवस्था परिसंघमा छ। 

यसको गभर्निङ काउसिन्सल समितिले उपाध्यक्षमध्ये एक जनालाई योग्यता र परिसंघमा गरेको योगदानको आधारमा वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था छ। सोही व्यक्ति आगामी अध्यक्ष चयन हुन्छ।

यसअनुसार आगामी वार्षिक साधारणसभापछि अग्रवाल स्वतः परिसंघको अध्यक्ष बन्नेछन्। वरिष्ठ उपाध्यक्ष चयन भएपछि परिसंघको विधानअनुसार नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था छ। 

अग्रवाल डेढ दशकदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्य, उद्योग समिति सभापति, राजस्व समिति सभापति एवं विभिन्न समितिमा रहेर काम गरेका छन्। अग्रवाल रोजगारदाता परिषद् संयोजक भई २०७४ बाट परिसंघको उपाध्यक्ष रहिसकेका छन्।  

काठमाडौंमा जन्मिएका अग्रवाल सन् १९९२ देखि उद्योग क्षेत्रमा रहेका छन्। आरएमसी गु्रपका कार्यकारी निर्देशक समेत हुन्। यो घराना ५० वर्षदेखि व्यवसायमा छ। यस घरानाको सुरुवाती बिजनेस राजेश मेटल क्राफ्टबाट भएको हो। 

त्यसपछि स्टिल, पाइप, जस्तापाता, सिमेन्ट उत्पादन गर्दै मुलुकको स्थापित व्यावसायिक घरानामा आज स्थापित छ। 

आरएमसी ग्रुपका संस्थापक श्रवण कुमार अग्रवाल हुन्। राजेश अग्रवाल श्रवण कुमारका छोरा हुन्।

यस घरानाको अहिले मुख्य लगानी राजेश मेटल क्राफ्ट प्रालि हो। यसले फलामका सामग्रीहरु निर्माण गर्ने गर्छ। साथमा जस्तापाता समेत महत्वपूर्ण उत्पादन गर्ने काम गर्छ।

पाल्पा सिमेन्ट उद्योग प्रालि यसको महत्वपूर्ण उद्योग हो। यसको तानसेन नामक सिमेन्ट भारत निर्यात समेत सुरु भएको छ। अहिले यो घराना खाद्य उद्योगमा समेत लगानी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .