ad ad

कारोबार


विदेशबाट सबैभन्दा धेरै पैसा भित्र्याउने एनमएबी बैंकमा बेलायती सांसदहरुको भ्रमण

विदेशबाट सबैभन्दा धेरै पैसा भित्र्याउने एनमएबी बैंकमा बेलायती सांसदहरुको भ्रमण

नेपालखबर
चैत ९, २०७९ बिहिबार १८:४१, काठमाडौँ

नेपालमा विदेशीबाट लगानी ल्याउने निजी बैंकहरु सीमित छन्। लगानी भित्र्याउनेमा प्रमुख बैंक एनएमबी हो। 

अहिलेसम्म माछापुच्छ्रे, मेगा, लक्ष्मी, ग्लोबल आईएमई, सनराइज र एभरेष्ट बैंकले वैदेशिक लगानी भित्र्याएका छन्।

एनएमबी बैंकलाई वैदेशिक ऋण भित्र्याउने पहिलो बैंकको रुपमा समेत हेरिन्छ। 

एनएमबी बैंकले सन् २०१८ मा पहिलो पटक विदेशबाट ऋण ल्याएको थियो। 

त्यसयता बैंकले हालसम्म विश्व बैंक समुहको सदस्य (आईएफसी)बाट ६५ मिलियन डलर अर्थात ८ अर्ब रुपैयाँ बढी रकम भित्र्याएको छ। 

हालसम्म आईएफसीबाट ३ वटा बैंकले मात्रै विदेशी ऋण ल्याएका छन्। जसमा एनएमबी, ग्लोबल आईएमई र सानिमा बैंकले आईएफसीबाट विदेशीमुद्रा नेपाल भित्र्याउन सफल भएका छन्। 

आईएफसीबाट ल्याइने ऋण साना तथा मझौला उद्योग, पर्यटन तथा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने हुन्छ। विदेशी लगानी भित्र्याउने ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका अध्यक्ष सारा च्याम्पीयनको नेतृत्वमा बेलायतको हाउस अफ कमन्सका प्रतिनिधिहरु र ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टका सदस्यले एनएमबी बैंकको भ्रमण गरेका छ।

एनएमबी बैंकको ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टसँगको सहकार्यपश्चात् भएको प्रगतिबारे अवलोकन गरी एनएमबी बैंकले कार्यान्वयन गर्दै आइरहेको दिगो बैंकिङ अभ्यासको जानकारी लिनु उक्त भ्रमणको मुख्य उद्देश्य रहेको एनएमबी बैंकले जनाएको छ। 

एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भ्रमणदलका प्रतिनिधिहरुलाई बैंकले दिगो बैंकिङ अभ्यासको कार्यान्वयनपश्चात् गरेको प्रगति विवरणको समीक्षा गर्दै बैंक तथा समग्र देशको दिगो विकास लक्ष्य प्राप्त गर्न पुर्याएको उल्लेखनीय योगदानबारे जानकारी दिए। 

केसीले भने, ‘नेपालको दिगो तथा समावेशी आर्थिक विकासबीच रहेको स्रोत साधनको अन्तर्पूर्ति गर्नको लागि ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्टजस्ता संस्थाले प्रदान गर्ने अनुदानको महत्व रहेको छ यसबारेमा जानकारी गराइएको छ।’

साथै, प्रतिनिधिहरुले बैंकले जलविद्युत् परियोजनामार्फत समुदाय विकासमा पुर्याएको योगदानको प्रशंसा गरे। महिला तथा फरक ढंगले सक्षम व्यक्तिहरुको सशक्तीकरणका लागि बैंकले गरेको पहल र कमजोर आर्थिक अवस्था भएका र पिछडिएका समूहहरुको स्तर उन्नतिका लागि बैंकले गरेको योगदानबारे छलफल गर्दै दुवैतर्फका प्रतिनिधिहरुले सो सम्बन्धी प्रतिक्रिया समेत आदानप्रदान गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .