ad ad

कारोबार


प्रसादी एकेडेमीका सय विद्यार्थीलाई प्रभु बैंकको बैंकिङ साक्षरता

प्रसादी एकेडेमीका सय विद्यार्थीलाई प्रभु बैंकको बैंकिङ साक्षरता

नेपालखबर
चैत ९, २०७९ बिहिबार १८:५६, काठमाडौँ

प्रभु बैंक लि.ले बिहीबार ललितपुरको प्रसादी एकेडेमी विद्यालयका कक्षा ११ मा अध्ययनरत १०० जना विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको छ। 

बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा दुई दिन अवलोकन भ्रमण गराई बैंकिङ्ग साक्षरता÷ज्ञान प्रदान गरेको बैंकले जनाएको छ। 

बैंकको प्रधान कार्यालय र बैंकबाट सञ्चालन÷सम्पादन हुने विभिन्न क्रियाकलापहरुको अवलोकन तथा अध्ययनका लागि १०० जनाको संख्यामा आएका विद्यार्थीहरुलाई विभिन्न ४ समूहमा विभाजन गरी बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागहरुको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार गराइएको थियो। 

स्थलगत अवलोकनको पहिलो दिनको समापन समारोहमा विद्यार्थीहरुसँग अन्तर्क्रिया गर्दै प्रभु बैंक लि. का सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने र दोस्रो दिनको समापन समारोहमा प्रभु बैंक लि.का नायब प्रमुख कार्यकारी अधिकृत मनीराम पोखरेलले बैंक र बैंकद्वारा सम्पादन हुने सबै किसिमका कार्यहरुका बारेमा विद्यार्थीहरुले बुझ्ने गरी प्रकाश पारेका थिए। 

उक्त कार्यक्रममा सहभागी विद्यार्थीहरुलाई कापी, कलम लगायतका शैक्षिक सामाग्रीहरु समेत प्रदान गरेका थिए। उक्त अवसरमा विद्यार्थीहरुले नायब प्रमुख कार्यकारी अधिकृतसमक्ष विभिन्न किसिमका बैंकिङ्ग तथा वित्तीय जिज्ञासाहरु समेत राखेका थिए। 

प्रभु बैंक लिमिटेडले विभिन्न सामाजिक क्रियाकलापहरुमा सहभागी हुँदै सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै नेपालको शिक्षा क्षेत्रमा समेत आर्थिक, शैक्षिक लगायतको सहयोग उपलब्ध गराउँदै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .