ad ad

कारोबार


नेपालमा आमासँग मात्रै बस्छन् १७ प्रतिशत बालबालिका

नेपालमा आमासँग मात्रै बस्छन् १७ प्रतिशत बालबालिका

प्रतिनिधिमूलक तस्बिर


नेपालखबर
चैत १०, २०७९ शुक्रबार १२:१९, काठमाडौँ

नेपालमा १७ दशमलव १ प्रतिशत बालबालिका आमासँग मात्रै बस्ने गरेको देखिएको छ। 

राष्ट्रिय जनगणनाबाट १७ दशमलव १ प्रतिशत बालक र १७ दशमलव १ प्रतिशत नै बालिकाहरु आमासँग बस्ने गरेको देखिएको हो। 

राष्ट्रिय तथ्या‌ंक कार्यालयका अनुसार ७७ दशमलव ९ प्रतिशत बालबालिका आमाबुबा दुवैसँग बस्ने गरेकाे पाइएको छ। बुबासँग मात्रै बस्ने बालबालिकाको स्थिति भने १ दशमलव ०३ प्रतिशत देखिएको छ। 

सौतेनो बाबु तथा सौतेनी आमासँग बस्ने बालबालिकाको संख्या भने शून्य दशमलव तीन प्रतिशत देखिएको छ। 

अन्य नातेदारसँग बस्नेको संख्या ३ प्रतिशत, रोजगारदातासँग बस्ने शून्य दशमलव ०३ प्रतिशत, अन्य शून्य दशमलव ५ प्रतिशत र कोसँग बसेको छ भन्ने नै थाहा नभएको भने शून्य दशमलव १ प्रतिशत रहेको पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .