आर्थिक कारोबारी गर्ने महिलाहरु संख्या बढेको छ।
कुल १ करोड ४९ लाख ८३ हजार ३ सय १० व्यक्ति मध्ये आर्थिक कारोबारमा संलग्न महिलाको संख्या मात्रै ७१ लाख ६९ हजार ८८ जना छन्।
आज सार्वजनिक भएको राष्टिय जनगणना २०७८ को प्रतिवेदनमा ७८ लाख ७६ हजार ३ सय २२ जना पुरुष आर्थिक कारोबारमा संलग्न हुँदा ७१ लख ६९ हजार महिला यस्तो कारोबारमा संलग्न भएको उल्लेख छ।
महिला पुरुष दुवै कृषि, वन र माछापालनमा सबैभन्दा सक्रिय देखिन्छन्।
यो क्षेत्रमा ४३.९ प्रतिशत पुरुष संलग्न हुँदा ५६.९ प्रतिशत महिला सो पेसामा संलग्न रहेका छन्।
प्रतिवेदनले कृषि क्षेत्रमा पुरुषको तुलनामा महिला १३ प्रतिशतले धेरै महिला संलग्न रहेको देखाएको हो।
चैत १०, २०७९, शुक्रबार
प्रतिक्रिया