ad ad

कारोबार


सबैभन्दा धेरैले कमर्स पढ्छन्, त्यसपछि शिक्षा र मानविकी

सबैभन्दा धेरैले कमर्स पढ्छन्, त्यसपछि शिक्षा र मानविकी

नेपालखबर
चैत १०, २०७९ शुक्रबार १३:५५, काठमाडौँ

राष्ट्रिय जनगणना २०७८ ले नेपालमा सबैभन्दा धेरैले कमर्स अर्थात् वाणिज्य शास्त्र पढ्ने गरेको देखाएको छ। 

विद्यार्थीहरुको राेजाइमा व्यवस्थापन संकाय पहिलो स्थानमा देखिएको हो। 

आज सार्वजनिक भएको विवरणअनुसार दोस्रो र तेस्रो राेजाइमा भने शिक्षा र मानविकी रहेको छ। 

जनगणनाको नतिजाअनुसार सबैभन्दा धेरै व्यक्तिहरु अर्थात् ३५.१ प्रतिशतले व्यवस्थापन संकायअन्तर्गतका विषय अध्ययन गरेको देखिएको छ।

शिक्षाशास्त्र अध्ययन गरेका व्यक्तिहरु २९.९ प्रतिशतसहित दोस्रो स्थानमा रहेका छन् भने मानविकी तथा सामाजिक शास्त्र 
अध्ययन गरेका व्यक्तिहरु ११.५ प्रतिशतसहित तेस्रो स्थानमा रहेका छन्।

विज्ञान, स्वास्थ्य/चिकित्साशास्त्र, इन्जिनियरिङ, कम्प्युटर/सूचना प्रविधि, कानुन, कृषि, वन र पशुविज्ञान/पशुचिकित्सा/मत्स्यपालन विषय अध्ययन गर्ने व्यक्तिहरु क्रमशः ७.१ प्रतिशत, ४.४ प्रतिशत, ३.० प्रतिशत, १.२ प्रतिशत, ०.८ प्रतिशत, ०.७ प्रतिशत, ०.३ र ०.२ प्रतिशत रहेको रहेको तथ्याङ्कले देखाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .