ad ad

कारोबार


प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि व्यवसायी उत्साहित

प्याराग्लाइडिङको परीक्षण उडान सफल भएपछि व्यवसायी उत्साहित

नेपालखबर
पुस २०, २०७६ आइतबार ७:४९,

इलाममा प्याराग्लाइडिङको सफल परीक्षण उडान भएको छ। इलाम नगरपालिका–३ स्थित पुवामझुवाको छेलेथुम्की डाँडामा शनिबार यसको सफल परीक्षण उडान भएको हो।

प्याराग्लाइडिङको सफल उडानपछि जिल्लाका पर्यटन व्यवसायीहरुसमेत खुशी भएका छन्। साहसिक उडानका रुपमा लिइने प्याराग्लाइडिङका लागि देश तथा विदेशबाट समेत पर्यटक भित्रिने भन्दै व्यवसायीहरुमा खुशियाली छाएको हो।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनसमेत यसले ठूलो मद्दत गर्ने आशा गरिएको छ । पाइलट (चालक) सानुबाबु सुनुवारले डाँडामा प्याराग्लाइडिङ उडाएपछि भेला भएका स्थानीय तथा पर्यटन व्यवसायीहरुमा ठूलो खुशियाली छाएको थियो। सफल परीक्षण गरेपछि पाइलट सुनुवारले भने छेलेथुम्की डाँडामा व्यावसायिक रुपमा प्याराग्लाइडिङको उडान गर्न सकिने बताए।

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी वडा पर्यटन विकास समितिको पहलमा छेलेथुम्की डाँडामा प्याराग्लाइडिङको परीक्षण उडान गरिएको छ। समितिका अध्यक्ष हेमन सुनुवारको अध्यक्षता र इलाम नगरपालिकाकी उपप्रमुख सुशीला नेम्वाङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष तीर्थ गुरुङ, जिल्ला युवा समितिका अध्यक्ष नवराज शंकर, प्याराग्लाइडिङका अग्रज पाइलट सानोबाबु सुनुवार, स्थानीय दलका प्रमुख एवं प्रतिनिधिले शुभकामना व्यक्त गरे।

उनीहरुले परीक्षण उडान गरेर मात्र नहुने भन्दै निरन्तर सञ्चालनको कामना गरे। अब सो क्षेत्रबाट निरन्तर उडानका लागि प्रक्रिया पूरा गर्ने र यहाँबाट व्यावसायिक उडान गरिने बताइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .