ad ad

कारोबार


मध्यपूर्वको तनावले नेपाल र भारतमा सुनको मूल्य बढ्यो

मध्यपूर्वको तनावले नेपाल र भारतमा सुनको मूल्य बढ्यो

नेपालखबर
पुस २०, २०७६ आइतबार ८:१,

मध्यपूर्वमा बढेको युद्धको सन्त्राससँगै सुनको मूल्य उच्च भएको छ। नेपाल र भारतमा सुनको मूल्य उच्च विन्दुमा पुगेको हो।

नेपालमा आइतबार छापावाल सुन प्रतितोलाकै ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ। त्यस्तै तेजाबी सुन ७५ हजार २ सय प्रतितोला पुग्दा चाँदी प्रतितोला ९ सय रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार छापावाल सुन प्रतितोला ७४ हजार ५ सय, तेजाबी सुन ७४ हजार २ सय र चाँदी प्रतितोला ९ सय रुपैयाँले कारोबार भएको थियो। आजको मूल्य यो महिनाकै उच्च हो।

पुस महिनाकाे सुनकाे मूल्यस्थितिः

sunko mulya suchi paush

भारतमा पनि बढ्दै
यसैबीच, मध्यपूर्वको तनावको असर भारतमा पनि सुन कारोबारमा देखिएको छ। भारतीय अनलाइनहरुका अनुसार सुन र चाँदीको भाउ बढिरहेको छ। गत शुक्रबार २ प्रतिशतले बढेर सुनको भाउ प्रति १० ग्राम ४० हजार १ सय ३० भारु पुगेको थियो।

आज भारतमा सुन प्रति १० ग्रामको मूल्य ४० हजार १० भारुमा कारोबार भएको छ। शुक्रबार अमेरिकी सेनाको कारबाहीका क्रममा इराकी राजधानी बग्दादमा इरानी कुद्स सेनाका प्रमुख कमान्डर कासिम सुलेमानीको मृत्युसँगै विश्वबजारमा समेत सुनको भाउ ६ वर्षयताकै उच्च विन्दुमा पुगेको थियो।

उक्त दिन सुन १.५ प्रतिशतले बढेर १ हजार ५ सय ५१ डलर पुगेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .