ad ad

कारोबार


अप्पर स्याङ्गे हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

अप्पर स्याङ्गे हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

नेपालखबर
बैशाख १४, २०८० बिहिबार १४:१७, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीलाई प्राथमिक सेयर निष्कासन (आईपीओ) जारी गर्न अनुमति दिएको छ।

बोर्डले वैशाख १३ गते कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको हो। अब कम्पनीले ८ करोड ७० लाख रुपैयाँ बराबरको ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ।

आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।

अब कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्काशन गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .