ad ad

कारोबार


एमालेको प्रतिक्रिया : नीति तथा कार्यक्रम प्राणबिनाको ज्यान जस्तै

एमालेको प्रतिक्रिया : नीति तथा कार्यक्रम प्राणबिनाको ज्यान जस्तै

फाइल तस्बिर


नेपालखबर
जेठ ५, २०८० शुक्रबार १९:०, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले) आगामी आर्थिक वर्षका लागि सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमलाई प्राणबिनाको ज्यान भनेको छ।

एमाले सचिव एवम् प्रतिनिधिसभाका सांसद् योगेश भट्टराईले नीति तथा कार्यक्रमलाई ज्यान भएको तर प्राण नभएको संज्ञा दिएका हुन्।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम वाचन गरेर फर्किएपछि भट्टराईले यस्तो बताएका हुन्।

नीति तथा कार्यक्रमले अहिलेका समस्या सम्बोधन गर्ने ठोस आधार दिन नसकेको पनि उनले बताए। भट्टराईले गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रष्ट मार्गनिर्देशन नरहेको पनि बताएका छन्। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .