ad ad

कारोबार


नीति तथा कार्यक्रमबारे छलफल जारी रहने, आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्ने

नीति तथा कार्यक्रमबारे छलफल जारी रहने, आज प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्ने

फाइल तस्बिर


नेपालखबर
जेठ ८, २०८० सोमबार ७:२७, काठमाडौँ

आ.व. २०८०/०८१ का लागि संसद्मा पेस सरकारको वार्षिक नीति तथा कार्यक्रमबारेको छलफल आज (सोमबार) पनि जारी रहने भएको छ। 

त्यसका लागि अहिले बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्ने संघीय संसद् सचिवालयले जनाएको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते दुवै सदन (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रस्तुत गरेको सरकारको वार्षिक नीति तथा कार्यक्रमबारे आइतबारदेखि प्रतिनिधि सभामा छलफल भइरहेको हो। 

उक्त छलफल आज पनि जारी रहने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।

 

आज भने राष्ट्रिय सभामा पनि सरकारको नीति तथा कार्यक्रमबारे छलफल हुने भएको छ। त्यसका लागि दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .