सामसङको फ्ल्यागशिप सीएसआर प्रोग्राम सामसङ इनोभेसन क्याम्पसले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ अन्तर्गतको पुल्चोक क्याम्पसको पहिलो ब्याचका विद्यार्थीहरूको कोडिङ र प्रोग्रामिङको कोर्स समापन गरेको छ।
प्रोग्राम अन्तर्गत अर्को ब्याचका विद्यार्थीहरूले विश्वविद्यालयमा आर्टिफिसियल इन्टेलिजेन्स कोर्स सुरु गर्नेछन्।
कार्यक्रममा विद्यार्थीहरूलाई कोर्स पुरा गरेको प्रमाणपत्र प्रदान गरिएको थियो। समारोहमा शिक्षा राज्य मन्त्री प्रमिला कुमारी, सामसङको दक्षिण–पश्चिम एसिया, नेपाल कार्यालयका प्रमुख सुंग जुन पार्क र त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका प्राध्यापक तथा डीन डा. शशिधर राम जोशीको उपस्थिति थियो।
सामसङ दक्षिण–पश्चिम एसियाका नेपाल कार्यालयका प्रमुख सुङ जुन पार्कले भने, ‘विद्यार्थीहरूको उत्सुक सहभागिता र विश्वविद्यालयबाट ठूलो सहयोगको साथ हाम्रो कोडिङ र प्रोग्रामिङ कोर्सको पहिलो ब्याच पूरा गर्न पाउँदा हामी धेरै उत्साहित छौँ। हामी प्रतिष्ठित त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ इन्स्टिच्युटसँग भविष्यका प्राविधिक आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिंग्स र बिग डाटा डोमेनहरूमा विद्यार्थीहरूलाई उन्नत बनाउनको लागि दीर्घकालीन साझेदारीको अपेक्षा गर्दछौँ। हाम्रो उद्देश्य सधैँ सक्षम नेपाली युवाहरूलाई भविष्यको लागि राम्रोसँग अनुकूल बनाउनु र नेपालको बढ्दो अर्थतन्त्रमा विशेष गरी आविष्कार र प्रविधिको सन्दर्भमा योगदान पुर्याउने रहेको छ।’
सामसङले सन् २०२२ को डिसेम्बरमा त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आफ्नो ग्लोबल सीएसआर कार्यक्रम सामसङ इनोभेसन क्याम्पसको उद्घाटन गरेको थियो। यस कार्यक्रम अन्तर्गत सामसङले नेपालका युवाहरूलाई आर्टिफिसियल इन्टेलिजेन्स, इन्टरनेट अफ थिङ्स, बिग डाटा, कोडिङ र प्रोग्रामिङ जस्ता प्राविधिक सीपहरूमा तालिम दिने योजना गरेको थियो, जसले नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्याउने छ। कोर्सहरूका लागि छनोट हुनको लागि एल्गोरिदम, डाटा स्ट्रक्चर र प्रोग्रामिङको ज्ञान हुनु पूर्वशर्तहरू रहेका कम्पनीले जनाएको छ।
कोर्सको एक भागको रूपमा युवाहरूलाई वास्तविक रोजगारीको सीपहरू र माग अनुसारको प्राविधिक सीपहरू प्रदान गरिनेछ जसले उनीहरूको डिजिटल साक्षरता, सिक्ने क्षमता, रचनात्मकता र रोजगारीमा सुधार ल्याउनेछ।
प्राविधिक प्रशिक्षणको साथसाथै, यस कोर्सले विद्यार्थीहरूको रोजगारी र उनीहरूको ज्ञानलाई प्रयोगमा ल्याउने क्षमता बढाउनको लागि उनीहरुलाई सफ्ट स्किल तालिम पनि प्रदान गरिएको छ। यसले समस्या समाधान गर्ने क्षमताहरूलाई पनि निखार्छ, जसले विद्यार्थीहरूलाई नवीन विचारकर्ता बन्न सक्षम बनाउने विश्वास गरिएको छ।
इन्स्टिच्युट अफ इन्जिनियरिङमा सामसङ इनोभेसन क्याम्पस अन्तर्गत प्रस्तावित कोर्सहरूको एक भागको रूपमा, विद्यार्थीहरूले प्रयाक्टिकल प्रोजेक्ट कम्पोनेन्ट पनि पार गर्नु पर्नेछ। यसमा विद्यार्थीहरूलाई सामाजिक महत्त्वका प्रोजेक्टहरू प्रस्तुत गर्न चुनौती दिइनेछ जसमा एआई, बिग डाटा, कोडिङ, प्रोग्रामिङ र आईओटीले भूमिका रहनेछ।
सामसङ इनोभेसन क्याम्पस, जुन सामसङको ‘टूगेदर फर टुमोरो!’ को ग्लोबल सीएसआर भिजनको हिस्सा हो, २०१९ मा सुरु भएको थियो। मानिसहरूलाई सक्षम बनाउँदै, विद्यार्थी र बेरोजगार युवाहरूलाई चौथो औद्योगिक क्रान्तिको मुख्य प्रविधिहरूमा अनुभव गर्न तालिम दिन्छ, उनीहरूलाई अर्को पुस्ताको कार्यबल बन्नका लागि तयार बनाउने कम्पनीको भनाई छ।
प्रतिक्रिया