ad ad

कारोबार


सिटिजन्स बैंकलाई जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकद्वारा ३५ लाख यूरो पुनर्कर्जा लगानी

सिटिजन्स बैंकलाई जर्मनीको केएफडब्लू डेभलपमेण्ट बैंकद्वारा ३५ लाख यूरो पुनर्कर्जा लगानी

नेपालखबर
जेठ ११, २०८० बिहिबार १९:२९, काठमाडौँ

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नेपालको ग्रामीण क्षेत्रमा लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि जर्मन स्थित, केएफडब्लू डेभलपमेण्ट बैंकबाट ३५ लाख यूरो पुनर्कर्जा प्राप्त गरेको छ।

बैंकले केएफडब्लू डेभलपमेण्ट बैंकसँग नेपाल राष्ट्र बैंकका प्रतिनिधिको उपस्थितीमा ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एण्ड सेमी अर्बान एरियाज्– एमएसएमई फाइनानस फेस३ (एसईडीआर ३)’ अन्र्तगत यूरो ३५ लाख पुनर्कर्जा र यूरो ५ लाख बराबरको प्रावधिक सहयोग प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेको छ।

स्थापनाकाल देखिनै आफ्नो लगानीको प्रथामिकता लघु, घरेलु तथा साना उद्यम व्यवसाय कर्जामा गर्दै आएकोे यस बैंकलाई के.एफ.डब्लू डेभलपमेण्ट बैंकले एसईडीआर ३ प्रोजेक्टमा समझदारीको लागि नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथा मध्ये बाट चयन गरेको हो।

नेपालसँग जर्मन वित्तीय सहयोग परियोजना अन्र्तगत केएफडब्लू डेभलपमेण्ट बैंक जर्मनीले नेपाल राष्ट्र बैंकसँगको समझदारीमा नेपालमा सञ्चालित बैंक तथा वित्तीय सस्ंथालाई लघु, घरेलु तथा साना उद्यम व्यवसाय प्रबर्धनका लागि पुनर्कर्जा प्रदान गर्दै आइरहेको छ।

बैंकले हालसम्म २१,५२६ व्यवसायलाई रु. २५ अर्ब बराबरको कर्जा प्रदान गरेको छ। यस मध्ये २८८२ महिला व्यवसायीलाई व्यवसायको सुरक्षणमा सहुलियत व्याजदरमा रु २ अर्ब बराबरको कर्जा प्रदान गरेको छ। यस कर्जाको मदतले नेपालमा महिलालाई उद्यमशील बनाई महिला सशक्तिकरणमा टेवा पूर्याएको विश्वास बैंकले लिएको छ।

यसका साथै सिटिजन्स लघुवित्त कर्जा तथा बचत योजना अन्तर्गत नेपालका ग्रामीण भेगका मध्यम तथा विपन्नवर्ग परिवारका महिलालाई लक्षित गरी सामूहिक जमानीको आधारमा हाल सम्म ५४९२ मध्यम तथा विपन्नवर्ग परिवारलाई व्यवसाय गर्न रु ७६ करोड कर्जा प्रवाहगरि सकेको छ।

ग्रामीण स्तरमा रहेका विपन्नवर्गलाई समूहमा आबद्ध गरि कर्जा प्रदानगर्दा ग्रामीण जनताहरु बढी व्यावसायिकभई लाभान्वित हुँदै जाने छन् भन्ने विश्वासका साथ बैंकले यस ‘सस्टेनेबल इकोनोमिक डेभलपमेन्ट इन रुरल एण्ड सेमी अर्बान एरियाज्– एमएसएमई फाइनानस फेस३ (एसईडीआर ३)’ परियोजना अन्तर्गत कृषि, उद्योग, सेवा, ब्यापार तथा अन्य व्यावसायिक रूपले सम्भाव्य देखिएका उत्पादनशील व्यवसायको स्थापना, विकास, बिस्तार र क्षमता एवम् उत्पादकत्व बृद्धिका लागि आवश्यक वित्तीय साधन तथा प्राविधिक सहयोग प्रदान गरी देशको औद्योगिक, ब्यापारिक एवं कृषि क्षेत्रको विकासमा गतिशिलता ल्याउन सहयोग पुर्याउने बैंकको विश्वास छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८२ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १३९ वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १५ लाख ६५ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ।
                                            

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .