रोहतो मेन्थोलाटम नेपालले ‘नेसनल डिलर मिट एण्ड प्रोडक्ट लन्च’ कार्यक्रम आयोजना गरेको छ।
होटेल याक एण्ड यतिमा आयोजित सो कार्यक्रममा २०० भन्दा बढी डिलर समावेश थिए। कार्यक्रममा डिलरहरुको क्षमता अभिवृद्धि सम्बनधी तालिम प्रदान गरिएको थियो।
रोहतो नेपालले आफ्नो ग्राहकको लागि नयाँ प्रोडक्टसमेत लन्च गरेको छ।
कम्पनीले मिलानो सीसी ब्रान्डमा लोशन, एस्सेंस, जेल र मस्क र सनप्ले स्किन आक्वा ब्रान्डमा सिल्की ह्वाइट जेल, क्लियर ह्वाइट मिल्क, यूभी सनस्क्रिन ह्वाइटेनिङ लोसन, टोन अप लेभेन्डर एण्ड रोज लन्च गरेको हो।
यी प्रोडक्टहरु विश्वासिलो तथा हाई क्वालिटी भएको कम्पनीको दाबी छ।
कम्पनीका अनुसार मिलानो सीसी ब्रान्डका प्रोडक्ट सिधै जापानबाट आउँछ र यसले मिलास्मा ट्रिटमेन्ट र छालामा चमक ल्याउँछ।
साथै, सनप्ले स्किन आक्वा प्रिमियम क्वालिटी हो जसमा एसपीएफ ५० प्लस र पीए ४प्लस पनि लन्च गरेको छ। दुवै प्रोडक्ट लिस्ट टेक्नोलोजी र इन्ग्रिडियन्सबाट विशेष गरि नेपाली छालाका लागि बनेको कम्पनीको दाबी छ।
रोहतो मेन्थोलाटम नेपालका चेयरमेन हिरोफुमी सिरामात्सु र म्यानेजिङ डाइरेक्टर सुनसुकी सिनोडाले डिलरहरुलाई धन्यवाद दिँदै आगामी दिनहरुमा व्यवसायलाई अझै अगाडी लाने योजना व्यक्त गरे।
कार्यक्रम पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले सञ्चालन गरेकी थिइन् भने ब्रान्ड एम्बेस्डर उपासना सिंह ठकुरी उपस्थित थिइन्।
रोहतो मेन्थोलाटम नेपाल, एक बहुराष्ट्रिय कम्पनी हो, आधिकारिक रूपमा नेपालमा सन् २०१८ मा स्थापना भएको हो। यो रोहतो फार्मास्युटिकल कम्पनी लिमिटेड, ओसाका, जापानको सहायक कम्पनी हो। रोहतो मेन्थोलाटम नेपाल उच्च गुणस्तरको कस्मेटिक र छाला हेरचाह उत्पादनहरु को लागि प्रख्यात रहेको कम्पनीको दाबी छ।
बनेपामा वृक्षारोपण
रोहतो मेन्थोलाटम नेपालले आफ्नो ईएचएस (वातावरण, सामाजिक र स्वास्थ्य) कार्यक्रमको रूपमा वृक्षारोपण कार्यक्रम आयोजना गरेको छ।
यो परियोजनाले वातावरणमा सकारात्मक प्रभाव पार्ने उद्देश्य राखेको छ। यो कार्यक्रम कम्पनीको दिगोपन प्रतिको समर्पण र हरियो भविष्य सिर्जना गर्ने लक्ष्यको प्रमाण हो।
स्थानीय बासिन्दा र रोहटोका टोलीका सदस्यहरू सहित कम्पनीका अध्यक्ष हिरोफुमी शिरमास्तु, प्रबन्ध निर्देशक सुनसुके सिनोडा, बोर्ड सदस्यहरू, बनेपा नगरपालिका वडा नं. १३ र १४ स्थानीय प्रतिनिधिको उपस्थिति थियो।
प्रतिक्रिया