ad ad

कारोबार


निकट भविष्यमै तीनवटा विमान खरिद अघि बढाउँछौँ : पर्यटनमन्त्री किराती

निकट भविष्यमै तीनवटा विमान खरिद अघि बढाउँछौँ : पर्यटनमन्त्री किराती

फाइल तस्बिर


नेपालखबर
जेठ २४, २०८० बुधबार १९:७, काठमाडौँ

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किरातीले निकट भविष्यमै तीनवटा विमान खरिद प्रक्रिया अगाडि बढाउने बताएका छन्। 

खोटाङको हलेसीमा बुधबार स्थानीय समुदायसँग भेटघाट गर्ने क्रममा उनले नेपाल वायुसेवा निगमले निकट भविष्यमै तीनवटा जहाज किन्ने बताएका हुन्। 

विभिन्न मुलुकबाट आउने पर्यटकहरुलाई सिधा सम्पर्कमा भ्रमण गराउन सकिनेगरी योजना निर्माण आवश्यक रहेको उनले बताएका छन्। 

पर्यटन प्रर्वद्धनका लागि धार्मिकस्थल हलेसीको विकास अपिरहार्य रहेको बताउँदै मन्त्री राईले हलेसी-तुवाचङ क्षेत्रमा खुल्ला सांस्कृतिक संग्राहलय बनाउने तयारी भएको उल्लेख गरे। 

सरकारले आगामी वर्षको नीति कार्यक्रममै हलेसी क्षेत्रको पूर्वाधार विकासका लागि योजना बनाएको उनले बताए। 

हलेसी क्षेत्रको विकासका लागि मुलुकका अन्य ठाउँमा समेत प्रचार आवश्यक रहेको उनले बताए। आगामी दिनमा नेपाल छिर्ने मुख्य नाकाहरु प्रचारका लागि होडिङ बोर्ड राख्न पनि उनले सुझाए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .