‘आइएमई पे’ बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्रहीहरुले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशत बराबर (रु १००० सम्म) क्यासब्याक पाउने भएका छन्।
गएको वैशाख १४ देखि साउन ३१ सम्म लागू हुने उक्त अफर अन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी बसी सजिलै तिर्न सक्नेछन्।
आईएमई पे मोबाइल वालेटमार्फत सेवाग्राही आफैँले अथवा एजेन्टमार्फत विभिन्न किसिमको भुक्तानी कार्यहरु गर्न सक्नेछन्।
21
Shares
प्रतिक्रिया