ad ad

कारोबार


१८ वर्षमै व्यावसायिक पाइलट बने सेथ भान बिक

१८ वर्षमै व्यावसायिक पाइलट बने सेथ भान बिक

इज्जी फेरिस
माघ १, २०७६ बुधबार ७:२८,

सेथ भान बिकले सधैँ ठूलाे सपना देखे। त्यही सपनाले उनलाई बेलायतकै सबैभन्दा कान्छा र योग्य व्यावसायिक पाइलट बनायो।

सेथ भानले पाएको यो लोभलाग्दो प्रगतिको श्रेय भने उनकी आमालाई जान्छ। छोराको सपना साकार पार्न उनले आफ्नो घर नै बेचेकी थिइन्।

सेथले गत अक्टोबरमै १८ महिने तालिम सकेर यात्रुवाहक हवाइजहाज उडाउने लाइसेन्स पाएका थिए। किशोरावस्थामै उनले पाएको सफलता यो पुस्ताकै लागि उदाहरणीय बन्न पुगेको छ।

उनले ग्रिसमा १८ महिनाको तालिम लिए। यसका लागि ८५ हजार पाउन्ड स्टर्लिङ खर्चिए। जुन रकम भनेको आजको विनिमयअनुसार १ करोड २५ लाख रुपैयाँ हो।

तालिमका क्रममा उनले १ सय ५० घण्टा आकाशमा बिताए।

हाल उनी रोजगारीको खोजीमा छन्। उनको इच्छा छ – ब्रिटिश एयरवेजको जहाज उडाउने।

उत्तर पश्चिम लण्डनका उनले ८ वर्षदेखि नै पाइलट बन्ने सपना देखेका थिए।

‘मेरोे मम्मी सानैदेखि यात्राकी पारखी हुनुहुन्थ्यो, मलाई संसार घुमाउन विदामा लग्नुहुन्थ्यो’, सेथ भन्छन्, ‘मलाई उडान एकदमै मन पर्छ, जहिले पनि उडानमा म आफूलाई सुरक्षित महसुस गर्छु, जति म बस वा कारमा हुँदा गर्दिनँ।’

यद्यपि आफूसँग गाडीको लाइसेन्स रहेको उनी बताउँछन्।

१६ वर्षको उमेरमा सेथले स्कुल छोडेका थिए। एग्नासिया एभिएसन ट्रेनिङ कलेज ग्रिसमा उनले प्रवेश परीक्षा दिए र उत्तीर्ण भए। सन् २०१८ को अप्रिलमा १८ महिनाको कोर्स सुरु गरे। उनले सो क्रममा १४ वटा परीक्षा दिएका थिए। यसमा सैद्धान्तिक र व्यावहारिक उडानबारे थिए। ग्रिसको कावाला इन्टरनेशनल एयरपोर्टमा उनले जहाज उडाएका थिए।

हप्तामा उनले पाँच पटक जहाज उडाउँथे। सुरुवातमा केवल ६० मिनेट उडाए पनि पछि पछि उनले पाँच घण्टासम्म जहाज उडाउन पाए।

त्यसपछि सेप्टेम्बरमा उनले कोर्स पूरा गरे। आफ्ना सहपाठीमध्ये सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भएका उनले एक महिनापछि युरोपेली हवाइ सुरक्षा संस्थाबाट लाइसेन्स पाएका हुन्।

छोराको सपना पूरा गर्न जब उनले घर बेचिन्

seth van beek 2आमासँग सेथ भान बिक। तस्बिरः डेली मेल

छोराको पाइलट बन्ने सपना पूरा गर्न सेथकी आमा ४२ वर्षीया फ्रान्सिसले मिल्टन काइनीमा रहेको तीनवटा बेडरुमयुक्त घर बेचेकी थिइन्। त्यसपछि फ्ल्याटमा बस्न थालिन्। त्यसबाट ८५ हजार पाउन्ड जुटाएर छोराको लाइसेन्स निकालिन्।

‘म सधैँ कक्षामा प्रथम हुन चाहन्थेँ’, सेथ भन्छन्। त्यसो हुँदा आफ्नो आमालाई पनि लागोस् कि छोराको सपना निकै महत्वपूर्ण छ भन्ने देखाउन पाइन्थ्यो।

सेथकी आमा जिम्बाबेबाट बेलायत आएकी हुन्। आफूले राम्रो शिक्षा नपाएको कारण छोरालाई सपना पूरा गरोस् भन्ने उनलाई लागेको थियो।

सेथ ब्रिटिश एयरवेजको जहाज उडाउन चाहन्छन्। उक्त एयरवेजका कतिपय पाइलटले २ लाख पाउन्डभन्दा माथि वार्षिक आम्दानी गर्छन्। डेली मेलबाट।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .