ad ad

कारोबार


नेपाल वायुसेवा ‘भ्रमण वर्ष २०२०’ को आधिकारिक वायुसेवा

नेपाल वायुसेवा ‘भ्रमण वर्ष २०२०’ को आधिकारिक वायुसेवा

नेपालखबर
माघ १, २०७६ बुधबार ९:३१,

नेपाल वायुसेवा निगम र ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालय बीच नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने विभिन्न कार्यक्रम मिलेर गर्ने सम्वन्धमा सम्झौता भएको छ। 

सम्झौता अनुसार नेपाल वायुसेवा निगमलाई नेपाल भ्रमण वर्ष २०२० को आधिकारिक वायुसेवा तोकिएको छ। भ्रमण वर्ष सफल पार्न दुवै संस्थाको वेभसाइटलाई होम पेजको रुपमा प्रयोग गर्नेछन्।

नेपाल भ्रमण वर्षका अवसरमा सचिवालयका तर्फबाट प्रकाशित हुने ब्रोसर र म्यागजिनमा निगमको लोगो समावेश गरिनेछ साथै सचिवालयका तर्फबाट आयोजना गरिने समारोहमा पर्यटन प्रवद्र्धनलाई मद्दत पु¥याउने निगमद्वारा तयार पारिएको भिडियो प्रदर्शन गरिनेछ।

यसका अतिरिक्त निगमको अन्तर्राष्ट्रिय उडान भएका मुलुकहरुमा सचिवालयले आयोजना गर्ने समारोहमा निगमलाई सहभागी गराइनेछ। सम्झौतामा निगमका तर्फबाट संस्थागत विभागका निर्देशक अर्चना खड्का र सचिवलायका सदस्य सचिव बच्चु नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .