साताको दोस्रो कारोबार दिन सोमबार सेयरबजार झिनो अंकले बढेको छ। आज बजार ४.२६ अंकले बढेर १९६९.१८ विन्दुमा पुगेको हो।
सामान्य अंकले बढेको बजारमा कारोबार रमक भने खुम्चिएको छ। आज नेप्सेमा ८७ करोडको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन नेप्सेमा २ अर्ब १ करोडको कारोबार भएको थियो।
आज कारोबारमा आएमध्ये १४९ कम्पनीको सेयरमूल्य बढ्दा ६२ घटेको छ। त्यसैगरी १५ कम्पनीको स्थिर नै देखिएको छ।
सेयरबजार बढेपनि बैंकिङ उपसमूह भने घटेको छ। अन्य १२ उपसमूह भने बढेका छन्।
इमर्जिङ नेपाल कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ। त्यसैगरी थ्रीस्टार हाइड्रोपावरको ९.९८ प्रतिशत र भूगोल इनर्जी कम्पनीको सेयरमूल्य ८.७२ प्रतिशतले बढेको छ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सर्वाधिक ९ करोड ३८ लाखको कारोबार भएको छ।
शुभम पावर कम्पनीको सेयरमूल्य सर्वाधिक ९.९९ प्रतिशतले घटेको छ।
Shares
प्रतिक्रिया