कारोबार


बैंकहरूलाई थप सहुलियत, त्रैमासिक विवरण सार्वजनिक गर्ने समय थपियो

बैंकहरूलाई थप सहुलियत, त्रैमासिक विवरण सार्वजनिक गर्ने समय थपियो

नेपालखबर
असोज २९, २०८० सोमबार १३:२९, काठमाडौँ

नेपाल राष्ट्र बैंकले बैंकहरूलाई त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समय थप गरेको छ। चाडपर्व नजिकिएसँगै बैंकहरूलाई त्रैमासिक रिपोट सार्वजनिक गर्ने समय थप गरेको हो।

त्रैमास समाप्त भएको एक साताभित्र वित्तीय विवरण सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था रहेकोमा अब केही समय थप गरिएको राष्ट्र बैंकका अधिकारी बताउँछन्।  

अब कात्तिक १७ गतेभित्र पहिलो त्रैमासिकको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्न सक्नेछन्।

चालू आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्ने समयमा दसैँ बिदा परेकाले समय थप गरिएको उनीहरूको भनाई छ।

यो सुविधा चालू आवको पहिलो त्रैमासको लागि मात्रै थपि भएको बुझिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .