नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं–तराई मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) अन्गर्तत ८–बी प्याकेजको पुनः बोलपत्र आह्वान भएको छ।
यसअघिको प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गरिएको सूचना जारी भएको हो।
८–ए, ९–ए र ९–बी प्याकेजको टेन्डर गत महिना खुला गरिएको थियो।
आयोजनाका अनुसार यी तीन प्याकेजको पनि पहिलोपटकको रद्द गरेर पुनः बोलपत्र आह्वान गरिएको थियो। सुरुमा ८ र ९ एउटै प्याकेज मात्रै थियो तर पछि यसलाई विभाजन गरिएको हो।
८–बी र १० प्याकेजको टेन्डर खुल्न बाँकी थियो। तर अहिले ८–बी प्याकेजको भने पुनः आह्वान भएको हो।
यस प्याकेजमा सुरुङ र पुलसमेत रहेका छन्।
72
Shares
प्रतिक्रिया