कारोबार


एफवान सफ्ट इन्टरनेसनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य

एफवान सफ्ट इन्टरनेसनलको ग्रुप चिफ फाइनान्स अफिसरमा अभिष आचार्य

नेपालखबर
कात्तिक १६, २०८० बिहिबार १४:३, काठमाडौँ

फिनटेक कम्पनी एफवान सफ्ट ग्रुपको ग्रुप चिफ फाइनान्स् अफिसरमा अभिष आचार्य नियुक्त भएका छन्। आचार्यलाई एफवान सफ्टका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले स्वागत गरे।

काठमाडौंको सिनामंगलमा जन्मेका आचार्य यसअघि लक्ष्मी सनराइज बैंकमा करिब १० वर्ष वित्त प्रमुखको रूपमा कार्यरत थिए। उनले लक्ष्मी सनराइजमा वित्तीय कोष र लगानीको क्षेत्रमा काम गरेका थिए।

चार्टड एकाउन्टेन्ट समेत रहेका उनी लक्ष्मी सनराइजमा आउनभन्दा पहिले विभिन्न अडिट फर्महरूमा कार्यरत थिए।

एफवान सफ्टमा नियुक्त भएसँगै आचार्यले भने, ‘वित्तीय टेक्नोलोजीलाई तिब्र गतिमा अगाडी बढाइरहेको एफवानसफ्ट ग्रुप दिनानुदिन ठुलो संस्था बनिरहेको छ, यस संस्थालाई वित्तीय क्षेत्रबाट आफूले सहयोग पुर्याउने छु, यसका लागि म खुशी छु।’

एफवान सफ्ट नेपालको सबैभन्दा ठूलो फिनटेक कम्पनी हो। जुन १९ वर्षभन्दा बढि समयदेखि डिजिटल फाइनान्समा केन्द्रित छ।

कम्पनीले हाल एक हजार भन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिँदै आएको छ। एफवान सफ्ट कम्पनी अन्तर्गत हाल इसेवा, फोनपे, इसेवा मनि ट्रान्सफर, दियालो टेक्नोलोजिज, बससेवा जस्ता अग्रणी कम्पनीहरू रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .