कारोबार


नेपालमा पहिलो पटक ‘इन्डो-नेपाल वेडिङ समिट’

नेपालमा पहिलो पटक ‘इन्डो-नेपाल वेडिङ समिट’

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १८:५५, काठमाडौँ

नेपालमा वैवाहिक पर्यटनको पर्याप्त सम्भावना रहेको सरोकारवालाहरूले बताएका  छन्।

 नेपालमा पहिलो पटक आयोजना गरिएको इन्डो नेपाल वेडिङ समिट–२०२३ का अवसरमा सरोकारवालाहरुको सो धारणा राखेका हुन्।

नेपाल पर्यटन बोर्डको समन्वय, भारतको प्रतिष्ठित व्यवसायिक समूह द बुलको डिजाइन र व्यवस्थापन तथा बुल इभेन्टस म्यानेजमेन्ट नेपालको आयोजनामा कार्तिक १७ र १८ गते काठमाडौंमा वेडिङ समिट आयोजना गरिएको थियो।

विवाहलाई पर्यटनसँग सम्बन्धित उद्योगका रुपमा पुनः परिभाषित गर्ने एवम् नेपाललाई एक प्रमुख विवाह गन्तव्यको रुपमा प्रर्वद्धन गर्ने मुख्य उद्देश्यकासाथ समिट आयोजना गरिएको समिटमा भारतका शीर्ष ३० भन्दा बढी वेडिङ विजनेश प्लानरहरुको सहभागिता रहेको थियो।

समिटका अवसरमा भारतका प्रतिष्ठत वेडिङ विजनेश प्लानरहरु, नेपालका प्रतिष्ठित होटलहरु, विवाह योजनाकारहरू एवम् निजी तथा सरकारी सरोकारवालाहरुको सहभागिता रहको थियो। भारतीय वेडिङ विजनेश प्लानरहरुले काठमाडौंका विभिन्न स्टार होटल तथा रिसोर्टहरु अवलोकन गरेका थिए।  

 समिटले भविष्यमा विदेशी र खासगरी भारतीय विशिष्ट वैवाहिक समारोहहरु नेपालमा आयोजनामा गर्न नेपाल नीतिगत, भौतिक तथा कानूनी संरचना लगायतका सम्पूर्ण हिसावले पूर्ण रुपमा तयार भएको सन्देश दिएको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए।

समूह छलफल कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रुद्रसिङ तामाङले विदेशीबाट नेपालमा आयोजना गरिने विवाहको लागि विभागबाट गर्नुपर्ने सहजीकरणका लागि आफू तयार रहेको बताए।

यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका मुख्य भन्सार अधिकृत मुक्ति श्रेष्ठले भन्सारले सुन तथा अन्य सामग्री ल्याउन लैजान छुट्टै प्रावधान रहेको जानकारी दिँदै अन्य विषयमा आवस्यक सहजिकरण गर्न सकिने बताए।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनन्जय रेग्मीले नेपालमा विवाह पर्यटनको प्रचुर सम्भावना रहेकोले यससङ सरोकार राख्ने क्षेत्रसङ सहकार्य गरि नेपालमा पहिलोपटक यो कार्यक्रम आयोजना गरिएको उल्लेख गर्दै यस्तो कार्यक्रमलाई वार्षिक कार्यक्रमका रुपमा लिएर जाने सोच रहेको उल्लेख गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .