कारोबार


वित्तीय विवरण र रोयल्टी नबुझाउने ३० कम्पनीलाई दूरसञ्चार प्राधिकरणको ‘अल्टिमेटम’

वित्तीय विवरण र रोयल्टी नबुझाउने ३० कम्पनीलाई दूरसञ्चार प्राधिकरणको ‘अल्टिमेटम’

नेपालखबर
मंसिर १७, २०८० आइतबार १३:३५, काठमाडौँ

नेपाल दूरसञ्चार प्राधिकरणले ३० वटा दूरसञ्चार सेवा प्रदायकलाई सम्पर्कमा आउन सात दिने ‘अल्टिमेटम’ दिएको छ। 

आज एक सूचना प्रकाशित गर्दै प्राधिकरणले सात दिनभित्र प्राधिकरणमा आउन भनेको हो। 

यसरी बोलाइएका कम्पनीहरुमा ब्रोडब्यान्ड नेपाल प्रालि, कालिका नेट प्रालि, प्राइम नेटवर्क लगायतका छन्। 

प्राधिकरणका अनुसार यी कम्पनीहरुले केही वर्षयता सरकार र प्राधिकरणमा बुझाउनुपर्ने अडिट भएको वित्तीय विवरण, रोयल्टी रकम तथा ग्रामीण दूरसञ्चार विकास कोषको रकम समयमै नबुझाएकाले बोलाइएको हो। 

प्राधिकरणले पटक पटक बक्यौता जम्मा गर्न आग्रह गर्दा समेत बेवास्ता भएपछि उनीहरुलाई सात दिने समयसीमा दिएर उपस्थित हुन भनिएको छ। 

कुन कुन कम्पनीले पाए समयसीमा?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .