ad ad

कारोबार


टानले भन्यो : कोरोना भाइरसबाट नेपाल सुरक्षित छ

टानले भन्यो : कोरोना भाइरसबाट नेपाल सुरक्षित छ

नेपालखबर
माघ २१, २०७६ मंगलबार ७:८,

ट्रेकिङ एजेन्सीहरुको संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले नेपाल कोरोना भाइरसबाट सुरक्षित रहेको बताएकाे छ। मंगलबार टानले विज्ञप्ति जारी गर्दै चीनमा यसको प्रभाव गहिरिँदो भए पनि पर्यटकले धेरै चिन्ता गर्नु नपर्ने बताएको हो।

कोरोना भाइरसको संक्रमण केही समययता फैलिएको कारण विश्वका पर्यटकहरुलाई विशेष गरी चीन जान र आउन चेतावनी जारी गरिएको छ। त्यसयता भाइरस फैलिन नदिन गम्भीर रुपमा प्रयास भइरहेको छ’, टानले विज्ञप्तिमा भनेको छ । सामान्य रुघाखोकीमा यसको संक्रमण हुँदा कतिपय अवस्था गम्भीर बने पनि पर्यटकहरुले आत्तिइहाल्नु नपर्ने टानको भनाइ छ।

विश्वमा यसविरुद्ध लड्न तीव्र प्रयास भएका कारण नियन्त्रित अवस्थामा पुगेको टानको दाबी छ। नेपालमा स्वास्थ्य मन्त्रालयले पर्यटन मन्त्रालयसँग सहकार्य गरिरहेको छ। त्यस्तो शंका लागेमा छुट्टै राखेर उपचार गर्नेसम्मको तयारी भइसकेकोले नडराउन भनिएको छ। ‘सोही प्रयासअनुसार त्रिभुवन विमानस्थलमा छु्ट्टै हेल्थ डेस्कका स्थापना भएको र सीमा नाकामा सतर्कता अपनाइएको छ भने चारवटा अस्पतालले यसका लागि विशेष युनिट स्थापना गरिसकेका छन्’, टानले भनेको छ।

कोरोना भाइरस एक जनामा मात्रै लागेको र उनलाई अस्पतालले छोडिसकेको पनि टानले जनाएको छ। टानले सबै पर्यटकलाई नेपाल सुरक्षित रहेको भन्दै भ्रमण वर्षलाई सफल पार्ने प्रतिबद्धता समेत जनाएको छ।

यस्ताे छ विज्ञप्ति

taan release regarding corona

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .