गण्डकी प्रदेशमा अजोड इन्स्योरेन्स लिमिटेड पोखरा शाखाको आयोजनामा यही माघ १७, १८ र १९ गते लेकसाइड, पोखरामा आधारभुत निर्जीवन बीमा अभिकर्ता तालिम सम्पन्न भएको छ।
तालिमको अवसरमा अजोड इन्स्योरेन्स लिमिटेडका सहायक महाप्रबन्धक अनिल कुमार अर्यालले बीमाको परिचय, बीमा व्यवसायको वर्तमान अवस्था र चुनौतीदेखि यस क्षेत्रको विकास र विस्तारको साथै बीमाको विभिन्न पोर्टफोलियोको बारेमा प्रशिक्षण प्रदान गरेको कम्पनीले जनाएको छ।
केन्द्रीय कार्यालयका बजार विभागका नायब प्रबन्धक विष्णु आचार्यले अभिकर्ताले निर्वाह गर्नुपर्ने भूमिकाबारे प्रकाश पारेका थिए। त्यस्तै, अजोड इन्स्योरेन्स लिमिटेडका पर्वत शाखाका शाखा अधिकृत हरी सुवेदीले कृषि (बाली तथा पशुपंक्षी) बीमाको बारेमा प्रकाश पारेका थिए।
अजोड इन्स्योरेन्स लिमिटेडको आधारभूत निर्जीवन बीमा अभिकर्ताको तालिममा ३८ जना अभिकर्ताहरुको सहभागिता रहेको थियो भने कार्यक्रमको सञ्चालन अजोड इन्स्योरेन्स लि. का गण्डकी प्रदेशका प्रमुख गोपाल प्रसाद पौडेलले गरेका थिए।
केन्द्रीय कार्यालय मानव संसाधन तथा प्रशासन विभागकी उषा बस्नेतले प्रशिक्षणसहित सहजीकरणको कार्य गरेका थिए। साथै सहजीकरणको कार्यमा पोखरा शाखाका कर्मचारीहरुले पनि सहयोग गरेका थिए।
Shares
प्रतिक्रिया