ad ad

कारोबार


बैंक अफ काठमाण्डूका ग्राहकलाई सिद्धार्थमा १० प्रतिशत छुट

बैंक अफ काठमाण्डूका ग्राहकलाई सिद्धार्थमा १० प्रतिशत छुट

नेपालखबर
माघ २१, २०७६ मंगलबार ७:३७,

बैंक अफ काठमाण्डूका ग्राहकहरुले सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी प्रालिमा १० प्रतिशत छुट पाउने भएका छन्।

सिद्धार्थको सीमित सेवा प्रयोगबापत बीओकेको मोबाइल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ग्राहकलाई १० प्रतिशतको छुट उपलब्ध गराउने सम्झौता भएको हो।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख अमर राजभण्डारी र सिद्धार्थ गु्रपका व्यापार विभागका निर्देशक प्रभाकर खडकाले सोमबार हस्ताक्षर गरेको बैंकले जनाएको छ। सम्झौतापश्चात् सिद्धार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी प्रालिको ६ होटल, ३ रिसोर्ट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुने कम्पनीले जनाएको छ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .