ad ad

कारोबार


घरजग्गा एक्स्पोमा साढे २ देखि १३ आनासम्मका हाउजिङ, ३० लाखसम्म छुट

घरजग्गा एक्स्पोमा साढे २ देखि १३ आनासम्मका हाउजिङ, ३० लाखसम्म छुट

वसन्त अर्याल
पुस १४, २०८० शनिबार २०:८, काठमाडौँ

काठमाडौंको घरजग्गा मेलामा साढे २ देखि १३ आनामा बनेका भिल्ला शोकेसमा राखिएको छ। 

भृकुटीमण्डपमा भइरहेको आठौँ पटकको मेलामा सावा २ करोडदेखि १० करोड बढी मूल्यसम्मका घर शोकेसमा राखिएको हो। 

बिहीबारबाट सुरु भएको मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरूले आआफ्ना सेवा तथा उत्पादनहरूको प्रदर्शनमा राखेका छन्।

मेलामा घर तथा अपार्टमेन्ट, जग्गा योजना तथा विकास, निर्माण सामग्रीका उत्पादक तथा बिक्रेता, इन्जिनियरिङ्ग तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बीमा कम्पनीहरू सहभागी छन्। 

घरजग्गासम्बन्धी सबै सेवा दिने उद्देश्यले मेला आयोजना गरिएको जग्गा तथा आवास विकास संघले जनाएको छ। 

पुस १५ गतेसम्म सञ्चालन हुने मेलामा घर, अपार्टमेन्ट, जग्गा खरिद गर्न चाहनेले नयाँ प्रडक्टको विषयमा जानकारी पाउनेछन्। 

डाउनटाउन रेसिडेन्सीमा सवा २ करोडका घर
डाउनटाउन रेसिडेन्सीको धापाखेललाई मुख्य प्रडक्टको रुपमा राखेको छ। सातदोबाटोबाट ३.५ किमिको दूरीमा रहेको रेसिडेन्सी ८० रोपनीमा फैलिएको छ। यसमा २७० वटा घर रहनेछन् जसमध्ये १०० बढी बिक्री भइसकेका छन्। 

धापाखेलमा ५ प्रकारका हाउजिङ छन्। जसमा ४ वटा कम्पनीको डिजाइनअनुसार छनोट गर्न पाइन्छ भने आफ्नै डिजाइनअनुसार कम्पनीले घर बनाइदिन्छ। 

यसअन्तर्गत टाइप सीका घर २.५ आनामा निर्माण भएका छन्। यी घरको सुरुवाती मूल्य २ करोड २६ लाख रुपैयाँ छ। ४ वटा बेडरुमसहित पूजा कोठा लगायत यसमा छन्। भुइँ तल्लामा एउटा गाडी पार्किङसहित लिभिङ र किचन रुम, पहिलोमा २ वटा बेडरुम र फेमिली रुम र दोस्रोमा २ वटा बेडरुम छन्। 

यसअनुसार ३.५ आनामा बनेका टाइप एमका घर २ करोड ४१ लाख रुपैयाँ मूल्यका छन् जसमा सानो गार्डेनसहित कार पार्किङ रहनेछन्। 
त्यस्तै ५ वटा कोठा रहने घरको भुइँ तल्लामा लिभिङ रुम र किचन रहेका छन्। 

टाइप एसअन्तर्गत ३.५१ आनामा बनेको घरको मूल्य २ करोड ५१ लाख रुपैयाँ छ। ४ वटा कोठा, सानो गार्डेन, कार पार्किङलगायतका सुविधा छन्। 

सबैभन्दा महंगो घर टाइप एफअन्तर्गतका छन्। २ करोड ९५ लाख रुपैयाँ मूल्यको घरमा २ वटा कार पार्किङ रहेका छन्। ४.२ आनामा बनेको घरमा ३ वटा बेड रुम, टेरेस, लन्ड्री, पूजा कोठा लगायत सुविधा छ। 

डाउन टाउनकै भैँसेपाटी रेसिडेन्सी पनि छ। एक्स्पोमा झम्सिखेल र चाकुपाटमा निर्माण हुनलागेको डाउनटाउन पार्क इन समेत प्रदर्शनमा राखिएको छ। 

आकृति कोलोनीमा ३० लाखसम्म छुट
यता, टोखाको पञ्चेटारमा प्रिमियम आवास कोलोनी बनिरहेका छन्। सीडी इनोभेटिभ डिजाइन एन्ड कन्स्ट्रक्सन प्रा.लिले बनाइरहेको कोलोनीमा ३ करोड ६५ लाखदेखि ६ करोड १३ लाख रुपैयाँ मूल्यसम्मका घर छन्। 

जहाँ ४.२ आनादेखि ११ आनासम्म जग्गामा घर बनेका छन्। रियल स्टेट एक्स्पोमा आवास कोलोनीका घर बुकिङ गर्नेलाई २५ लाखसम्म छुट दिइएको छ। 

सोही ग्रुपको बूढानीलकण्ठको हेपाली आकृति कोलोनीमा सात आनादेखि साढे ८ आनासम्म जग्गामा आवास बनेका छन्। उक्त क्षेत्रमा सबैभन्दा सस्तो ५ करोड ४७ लाख रुपैयाँ छ भने सबैभन्दा बढी ६ करोड ७७ लाख रुपैयाँ छ। आकृति कोलोनीका घर किन्दा ३० लाख रुपैयाँसम्म छुट दिइएको छ। 

सोही कोलोनीमा १८ रोपनी १२ आना क्षेत्रफलमा २८ वटा विलासी भिल्ला बनेका छन्। न्यो क्लासिकल डिजाइनमा ती भिल्ला तयार भएका छन्। कोलोनीभित्र ३० प्रतिशत खुल्ला ठाउँ छ। 

सूर्यविनायकमा १४६ युनिटको कोलोनी 
ग्रिनहिल सिटी र गौरव डेभलपर्सले सूर्यविनायकमा नयाँ कोलोनी विकास गरिरहेका छन्। रियल स्टेट एक्स्पोमा शोकेस गरिएको कोलोनीमा १४६ युनिट हाउजिङ छन्। 

कोलोनीभित्र २० फिट चौडाइका सडक छन् भने त्यहाँ व्यक्तिगत पार्किङ क्षेत्र, खुल्ला ठाउँ, फराकिला बाल्कोनी समेत छन्। कोलोनीमा भूकम्प प्रतिरोधी आरसीसी फ्रेम स्टक्चर, फायर फाइटिङ सिस्टम, मोडुल किचन, बाथरुम फिटिङ, रिमोर्ट कन्ट्रोल मोटोराइज गेट रहेका छन्। 

सीजी हिल्सका प्रिमियम भिल्ला
सीजी डेभलपर्सले प्रिमियम भिल्ला शोकेसमा राखेको छ। २०१८ बाटै सुरु भएको आयोजनामा ४ प्रकारका भिल्ला छन्। एकान्तकुनाबाट २.३ किमि दूरीमा रहेका भिल्ला १४ आनासम्म तयार भएका छन्। एउटा भिल्लाको मूल्य १० करोड बढी छ। 

जसमा आर्ट सेक्युरिटी सिस्टम, सोलार वाटर हिटिङ सिस्टम, स्विमिङ पुल, इलेक्ट्रिक भेहिकल चाजिङ सिस्टम, फायर फाइटिङ, स्मार्ट डर लक सिस्टम रहेका छन्। 

एमएस भिल्ला ७.७ आनामा तयार रहेको छ। साढे २ तल्लाको घरमा ४ वटा बेडरुमसहित लिभिङ रुम रहनेछन्। के–युपी र एफ भिल्ला करिब १० आनामा विकास भइरहेका छन्। साढे ३ तल्लाका भवनमा मास्टर बेडरुमसहित फेमिली लाउन्जलगायतका सुविधा छन्। 

एफबी भिल्ला १४ आनामा बन्ने डिजाइन छ। अन्डरग्राउन्ड २ तल्लासहित ५ तल्ला छन्। 

त्यस्तै ललितपुरको भैँसेपाटीमा लेन्को सेडार हिल्स विकास भइरहेको छ। २१ रोपनी क्षेत्रफलमा ३३ वटा भिल्ला तयार हुँदै छन्। काठमाडौं लेनको डेभलपर्स रहेको प्रोजेक्टमा एजे स्टुडियो इन्डियाको आर्किटेक डिजाइन रहेको छ। 

भिल्लामा २ वटा कार पार्किङ, विद्युतीय गाडी चार्जिङ, स्विमिङ पुल, जिम, हरियाली क्षेत्र, स्मार्ट डर लकलगायतका सुविधा छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .