कारोबार


अरुण चौधरी पक्राउबारे महासंघले भन्यो : सरकारले व्यवसायीलाई निरुत्साहित बनायो

अरुण चौधरी पक्राउबारे महासंघले भन्यो : सरकारले व्यवसायीलाई निरुत्साहित बनायो

फाइल तस्बिर


नेपालखबर
माघ १८, २०८० बिहिबार १८:५९, काठमाडौँ

उद्यमी व्यवसायीमाथि भइरहेको धरपकड र पक्राउबारे नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले मुख खोलेको छ।

बिहीबार सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुणकुमार चौधरीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेकोमा निजी क्षेत्रको छाता संगठनले आपत्ति जनाएको हो। 

महासंघले सम्बन्धित विषयको गहिरो अनुसन्धान नभएसम्म व्यवसायीलाई पक्राउ नगर्न सरकारलाई पटक पटक आग्रह गर्दै आएको छ।

पहिले गिरफ्तार गर्ने र त्यसपछि समस्या पहिल्याउने प्रवृत्तिले देशको वर्तमान व्यवसायिक परिदृश्यबाट पहिले नै निराश भएका व्यवसायीहरूलाई थप निरुत्साहित बनाएको महासंघले जनाएको छ। 

'महासंघ यस विषयमा पहिले सत्यतथ्य पत्ता लगाएर आवश्यक परे कानुनी कारबाही अघि बढाउन सरकारलाई आग्रह गर्दछ', बिहीबार जारी विज्ञप्तिमा भनिएको छ।

केही महिनाभित्रै नेपालमा लगानी सम्मेलन हुन लागेको सन्दर्भमा व्यवसायीमाथिको धरपकडले हालका र सम्भावित स्वदेशी तथा विदेशी लगानीकर्तामा नकारात्मक सन्देश जाने पनि महासंघले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .