कारोबार


अर्थतन्त्रबारे प्रधानमन्त्रीको जवाफ : सूचकहरू सकारात्मक छन् तर अझै पनि दबाब छ

अर्थतन्त्रबारे प्रधानमन्त्रीको जवाफ : सूचकहरू सकारात्मक छन् तर अझै पनि दबाब छ

तस्बिर : संसद् सचिवालय


नेपालखबर
फागुन ६, २०८० आइतबार १२:३७, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अझै पनि दबाबमा रहेको बताएका छन्। 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राखिएको सांसदसँगको प्रत्यक्ष प्रश्नोत्तरका क्रममा उनले यस्तो बताएका हुन्।

दाहालले अर्थतन्त्रका प्राय सूचकहरू सकारात्मक रहे पनि अझै चाप रहेको स्वीकारे। 

'अर्थतन्त्रका प्रायः सूचकहरु सकारात्मक छन् तर केही क्षेत्रमा अझै चाप रहेको छ। अर्थतन्त्रका चुनौती हल गर्दै समष्टिगत आर्थिक स्थायित्वमार्फत देशभित्रै आय र रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ', उनले भने, 'कृषि, पशुपंछीपालन, घरेलु, साना तथा मझौला उद्योग, पर्यटन र सूचना प्रविधि क्षेत्रमा सामूहिक उद्यमशीलतामार्फत उत्पादन र रोजगारी बढाउने विशेष कार्यक्रम ७५३ वटै पालिकाहरुमा कार्यान्वयन गर्ने गरी अघि बढाइँदैछ।'

उनले स्वदेश फर्किएर आफ्नै भूमिमा रोजगारी-स्वरोजगारी गर्न चाहनेले यस कार्यक्रममा सहभागी हुन विदेशबाटै आवदेन दिन सक्ने गरी नयाँ व्यवस्था गरिन लागेको पनि बताएका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .