कारोबार


अब ३२ वर्षसम्मका पुरुषले मात्रै लोकसेवा भिड्न पाउने, महिलाको कति?

अब ३२ वर्षसम्मका पुरुषले मात्रै लोकसेवा भिड्न पाउने, महिलाको कति?

नेपालखबर
फागुन २१, २०८० सोमबार १७:५२, काठमाडौँ

सरकारले अब ३२ वर्षसम्मका पुरुषले मात्रै लोकसेवा भिड्न पाउने व्यवस्था गर्ने भएको छ।

संसदमा दर्ता भएको निजामती विधेयकमा अहिले ३५ वर्ष कायम रहेकोमा ३ वर्ष घटाइएको हो। 

प्रतिनिधिसभामा दर्ता भएको विधेयकमा महिला उम्मेदवारको हकमा समेत ३७ वर्षसम्मकाले मात्रै प्रतिस्पर्धा गर्न पाउने भएका छन्। 

राजपत्र अनंकित र श्रेणीविहीन पदमा १८ वर्ष उमेर पूरा भएका, राजपत्रांकित पदमा २१ वर्ष उमेर पूरा भएकाले प्रतिस्पर्धा गर्न पाउने व्यवस्थालाई निरन्तरता दिएको छ। 

निजामती ऐन २०४९ मा पुरुष उम्मेदवारको हकमा ३५ वर्ष र महिला उम्मेदवारको हकमा ४० वर्ष उमेर पूरा भइसकेका उम्मेदवार हुन पाउने व्यवस्था छ। 

संसदमा दर्ता भएको विधेयक पारित भएसँगै लागू हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .