नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) आप्रवाहमा वृद्धि भएको छ।
चालू आर्थिक वर्षको ७ महिना अवधिमा विप्रेषण आप्रवाह २१.६ प्रतिशतले वृद्धि भएको हो।
यो अवधिमा ८ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २७.१ प्रतिशतले बढेको थियो।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २४७,०१२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ५८ हजार ५४० रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३ लाख १४ हजार ७६७ र १ लाख ६७ हजार ७०८ रहेको थियो ।
108
Shares
प्रतिक्रिया