ad ad

कारोबार


अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?

अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?

नेपालखबर
चैत २३, २०८० शुक्रबार ५:११, काठमाडौँ

नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। आज अस्ट्रेलियन डलर, अमेरिकी डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। 

नेपाल राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८० पैसा थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४३ रुपैयाँ ६० पैसा र बिक्रीदर १४४ रुपैयाँ २४ पैसा थियो। 

आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ४० पैसा निर्धारण भएको छ। हिजो बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३३ पैसा थियो। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ०६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ४६ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा  थियो। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ४३५ रुपैयाँ १० पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ८३ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ७८ पैसा थियो। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ९१ पैसा थियो। 

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .