ad ad

कारोबार


महासंघको कृषि उद्यम केन्द्र र भारतको कृषि बजार बोर्डबीच सम्झौता

महासंघको कृषि उद्यम केन्द्र र भारतको कृषि बजार बोर्डबीच सम्झौता

नेपालखबर
चैत २३, २०८० शुक्रबार १०:५३, काठमाडौँ

नेपाल उद्योग वाणिज्य महासंघको कृषि उद्यम केन्द्र र भारतको ‘नेसनल काउन्सिल अफ स्टेट एग्रिकल्चर मार्केटिङ बोर्ड’बीच सम्झौता भएको छ। कृषि क्षेत्रमा सहयोग, प्रवर्द्धन, आर्थिक विकास, नेपाल-भारतबीचको व्यापारिक सम्बन्ध सुमधुर र सहज बनाउने उद्देश्यले यी दुइ संस्थाबीच सम्झौता भएको हो। 

दुवै देशका उद्यमी, कृषक र व्यवसायीको क्षमता अभिवृद्धिका लागि सहयोग आदानप्रदानका साथै असल कृषि कार्य, प्राविधिक सहयोग, अध्ययन/अनुसन्धान, अवलोकन/भ्रमण, अनुभव आदानप्रदान, बजार, बजारीकरण र आयात निर्यात आदिमा सहयोग गर्ने उद्देश्यले सम्झौता भएको कृषि उद्यम केन्द्रले जनाएको छ।

कृषि उद्यम केन्द्रका सभापति डिबी बस्नेतले यो सम्झौताले नेपालले भारतको कृषि बजारको अध्ययन अवलोकन, उद्यमी, कृषक र कृषि सम्बद्ध व्यवसायीसँग प्रत्यक्ष भेटघाट र अन्तरक्रिया गरेर अनुभव आदानप्रदानमा सहयोग पुग्ने बताए। उनले यो सम्झौता नेपालको कृषि क्षेत्रको विकास र विस्तारका लागि कोशेढुङ्गा साबित हुने दाबी गर्दै कृषि उद्यम केन्द्र सम्झौताको मर्मअनुसार कार्य योजना बनाएर अगाडि बढने प्रतिबद्धतासमेत जनाए। 

सम्झौता पत्रमा केन्द्रका सभापति डिबी बस्नेत र बोर्डका प्रबन्धक निर्देशक डाक्टर एएस यादवले हस्ताक्षर गरेका छन्।

हस्ताक्षर कार्यक्रममा नेपाल सरकारका विशिष्ट कर्मचारी, नेसनल सीड एन्ड फर्टिलाइजर प्रोजेक्टका प्रोजेक्ट लिडर डाक्टर दैतीमान चौधरी, कृषि उद्यम केन्द्रका बोर्ड सदस्यहरु झलक लाल श्रेष्ठ, सुनिता न्येम्हाफुकी, कृष्ण भक्त श्रेष्ठ र का।वा। प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र कुमार जोशीलगायतको उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .