ad ad

कारोबार


४ अर्ब २१ करोड रुपैयाँले बढ्यो कारोबार, साताभर कस्तो रह्यो सेयरबजार?

४ अर्ब २१ करोड रुपैयाँले बढ्यो कारोबार, साताभर कस्तो रह्यो सेयरबजार?

नेपालखबर
चैत २३, २०८० शुक्रबार १४:३४, काठमाडौँ

यो साता सेयरबजारले निराशाजनक प्रदर्शन गरेको छ। पूरै कारोबार दिन खुलेको बजारमा पाँचै दिन परिसूचक नेप्से घट्न पुगेको छ। 

नेपाल स्टक एक्सचेन्जको तथ्यांकअनुसार दैनिक कारोबार रकम हेर्दा लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेको देखिन्छ। 

आइतबार ३ अर्ब २० करोडको कारोबार भएको बजारमा सोमबार २ अर्ब ८७ करोड, मंगलबार २ अर्ब २९ करोड, बुधबार २ अर्ब ५३ करोड र बिहीबार ३ अर्ब ३ करोड रुपैयाँको कारोबार भएको छ। 

आइतबार २०१८.३३ विन्दुमा रोकिएको नेप्से बिहीबार २००४.०५ विन्दुमा झरेर बन्द भएको छ।

नेप्से सूचक सुरु र अन्तिम दिन धेरै घटे पनि अरु दिनमा झिनो अंकले घटेको छ। सूचक आइतबार १७.३०, सोमबार ६.२६, , मंगलबार १.८५,  बुधबार ३.४३ र बिहीबार २.७३ अंकले घटेको छ।

यसअनुसार समग्रमा बजार यो साता ३१.५७ अंकले घट्यो। कारोबार रकमका हिसाबले १३ अर्ब ९२ करोडको सेयर किनबेच भयो। 

अघिल्लो साताको तुलनामा यो कारोबार रकम ४ अर्ब २१ करोड रुपैयाँले बढी हो। अघिल्लो साता ४ दिन मात्र बजार खुलेको थियो। जसमा ९ अर्ब ७१ करोड रुपैयाँको मात्र कारोबार भएको थियो। 

यो साता लगानीकर्ताले माई खोला हाइड्रो, लक्ष्मी इक्विटी फन्ड, सिकलेस हाइड्रो, एनआईबीएल ग्रोथ फन्डलगायतका सेयरमा चासो देखाएका छन्। 

आइतबार
यो साता पहिलो दिन नै सेयरबजार राताम्य भयो। नेप्से १७.३० अंकले घटेर २०१८.३३ विन्दुमा रोकिएको दिन बजारमा ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँको कारोबार भएको थियो। 

उक्त दिन ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता सेयर बिक्री भएको थियो। आइतबार ६३ कम्पनीको सेयर मूल्य बढे पनि १७२ वटाको घटेको र १० वटाको उही मूल्यमा कारोबार भएको थियो। सो दिन निर्जीवन बीमा उपसमूह १३.१३ अंकले बढे पनि बाँकी सबै सूचक राताम्य रहन पुगे। 

सर्वाधिक कारोबार भएका ५ सेयर
कम्पनी कारोबार भएको रकम (रु)
सर्वोत्तम सिमेन्ट २८६८९३३३१
गुर्खाज फाइनान्स १२५६६२६२५
शिवम् सिमेन्ट ११५५१७८३९
हाथवे इन्भेष्टमेन्ट नेपाल ९५८५२९८२
रिभर फल्स पावर लि ९००८८३२८

सोमबार 
त्यसपछिको दोस्रो कारोबार दिन पनि सेयरबजार घटेको थियो। नेप्से ६.२६ अंकले घटेर २०१२.०७ विन्दुमा आइपुग्दा बजारमा ७२ लाख ९० हजार २०० कित्ता सेयर बिक्री भए। सोसँगै कारोबार रकम २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ पुगेको थियो। 

सो दिन ८६ वटा कम्पनीको सेयर मूल्य बढ्दा १५१ वटाको घटेको र ८ वटाको अघिल्लो मूल्यमै कारोबार भएको थियो। होटल तथा पर्यटन र व्यापार सूचक हरियो भएका थिए भने बाँकी सबै घट्न पुगे। 

सर्वाधिक कारोबार भएका ५ सेयर

कम्पनी कारोबार रकम (रु)
सर्वोत्तम सिमेन्ट ४७२९१७६३२
शिवम् सिमेन्ट ११००२३८४०
गुर्खाज फाइनान्स ९९९७१३८१
पिपल्स पावर लि ५७९४१३७९
माया खोला हाइड्रोपावर कम्पनी ५६०१६३७५

मंगलबार
मंगलबार फेरि सेयरबजारमा गिरावट देखियो। नेप्से १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा आइपुग्यो। बजारमा सो दिन २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५८५ रुपैयाँको कारोबार भएको थियो। यसअनुसार ६१ लाख ३ हजार ६ सय २१ कित्ता सेयर बिक्री हुँदा १०९ कम्पनीको सेयर बढेको, १२७ कम्पनीको घटेको र ८ वटाको अघिल्लो मूल्यमै कारोबार भएको थियो।

मंगलबार फाइनान्स, लगानी, जीवन बीमा, माइक्रोफाइनान्स, म्युचुअल फन्ड र व्यापार उपसमूहले बजारलाई थाम्दा थोरै अंकले नेप्से घट्न पुगेको थियो। 

धेरै कारोबार भएका ५ सेयर

कम्पनी कारोबार रकम (रु)
गुर्खाज फाइनान्स १४९८८४९०१
सर्वोत्तम सिमेन्ट ९५७२८५०४
तारागाउँ रिजेन्सी होटल ७४८१३४३०
१०% एनआईएमबी डिबेन्चर २०९० ६०२२७७७७
सूर्यज्योति लाइफ इन्स्योरेन्स ५५४१११०७

बुधबार
बुधबार ३.४३ अंकले घटेर नेप्से २००६.७८ विन्दुमा रोकियो। सो दिन बजारमा २ अर्ब ५३ करोड ६२ लाख ३३ हजार ९ सय ८६ रुपैयाँको ६४ लाख ८१ हजार ८ सय ३४ कित्ता सेयर बिक्री भएको थियो। 

उक्त कारोबारमा १०३ कम्पनीको सेयर मूल्य बढे पनि १३२ कम्पनीका लगानीकर्ताले गुमाएका थिए। सो दिन १० कम्पनीको सेयर मूल्य भने अघिल्लो दिनकै मूल्यमा कारोबार भएको थियो। 

धेरै कारोबार भएका ५ सेयर

कम्पनी कारोबार रकम (रु)
सूर्यज्योति लाइफ इन्स्योरेन्स २५८०५९११६
सर्वोत्तम सिमेन्ट १२६७८५४२७
गुर्खाज फाइनान्स ११७७५४२५१
शिवम् सिमेन्ट ९०३८५६८९
सोनापुर मिनरल्स ५९२६४४१४

बिहीबार
साताको अन्तिम कारोबार दिन फेरि नेप्से २.७३ अंकले घटेर २००४.०५ विन्दुमा रोकियो। अघिल्लो दिनको तुलनामा बिहीबार कारोबार रकममा भने केही सुधार देखिएको थियो। उक्त दिन ३ अर्ब ३ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। 

६९ लाख ६३ हजार ३ सय ५९ कित्ता बिक्रीमा १०६ कम्पनीको सेयर बढेको थियो भने १२८ वटाको घटेको र ११ वटाको अघिल्लो मूल्यमै कारोबार भएको थियो। बिहीबार फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र व्यापार सूचक हरियो छन् भने बाँकी सूचक राताम्य रहे।

सर्वाधिक कारोबार भएका ५ सेयर
कम्पनी कारोबार रकम (रु)
गुर्खाज फाइनान्स २३३२९१६१२
शिवम् सिमेन्ट १८३८६७४००
सर्वोत्तम सिमेन्ट १८२४७१५५६
सूर्यज्योति लाइफ इन्स्योरेन्स ६२३०४०४३
सोनापुर मिनरल्स ६०२९३८५३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .