कारोबार


निर्माण व्यवसायीले अध्यक्ष ओली र मन्त्री महासेठलाई बुझाए ज्ञापनपत्र, यस्ता छन् माग

निर्माण व्यवसायीले अध्यक्ष ओली र मन्त्री महासेठलाई बुझाए ज्ञापनपत्र, यस्ता छन् माग

फाइल तस्बिर


नेपालखबर
चैत २४, २०८० शनिबार ५:३८, काठमाडौँ

निर्माण व्यवसायीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई अलगअलग रुपमा ज्ञापनपत्र बुझाएका छन्।

निर्माण क्षेत्रमा देखिएका विद्यमान समस्या छिटो समाधानका लागि उनीहरुले अध्यक्ष ओली र मन्त्री महासेठलाई ज्ञापनपत्र बुझाएका हुन्। 

ज्ञापनपत्रमा  आफूहरु र सरकारसँग भएका ठेक्का पक्षपातपूर्णरुपमा तोडिएको र काम गरेको रकम भुक्तानी नदिइएको गुनासो गरिएको छ। 

नेपाल निर्माण उद्योग परिषद्का अध्यक्ष खोपनिधि लोहनी, लोकतान्त्रिक निर्माण व्यवसायी सङ्घका अध्यक्ष हुमनाथ कोइराला, नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठनका महासचिव मङ्गलबहादुर शाही र नेपाल निर्माण व्यवसायी सङ्गठनका अध्यक्ष यक्षध्वज कार्कीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा सरकारले जीर्ण अवस्थामा रहेको निर्माण क्षेत्र, यसमा संलग्न व्यवसायी, त्यहाँ कार्यरत मजदुर, तिनका परिवार र बैंकिङ क्षेत्रको सङ्कटलाई समाधान गर्न सार्वजनिक खरिद नियमावलीमा संशोधन गर्न पनि आग्रह गरिएको छ।

अध्यक्ष लोहनीले आफूहरुका मागप्रति सत्ता गठबन्धनका नेताहरु सकारात्मक रहेको प्रतिक्रिया दिए। 

प्रतिनिधिमण्डलमा सहभागी व्यवसायी मदन अधिकारीका अनुसार सरकारले काम सम्पन्न भइसकेको करिब रु एक खर्ब व्यवसायीलाई भुक्तानी गर्न बाँकी रहेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .