ad ad

कारोबार


सीएचटीसी मोटर्सका चिनियाँ भ्यानहरू मेगा बिजनेस ग्रुपले नेपालमा भित्र्याँउदै

सीएचटीसी मोटर्सका चिनियाँ भ्यानहरू मेगा बिजनेस ग्रुपले नेपालमा भित्र्याँउदै

नेपालखबर
चैत २५, २०८० आइतबार १९:३६, काठमाडौँ

चाइना हाई टेक अफ रोड भेहिकल कम्पनी (सीएचटीसी मोटर्स) को नेपालको लागि आधिकारिक बिक्रेताको रुपमा मेगा बिजनेस ग्रुप नियुक्त भएको छ।

यी दुई कम्पनीहरूले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। यस अनुसार अब मेगा बिजनेस ग्रुपले सीएचटीसी मोटर्सद्वारा निर्मित ११, १४ र अन्य सिट क्षमताका विद्युतीय भ्यानहरुको नेपाली बजारमा बिक्री वितरण गर्नेछ।

व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न सकिने यी भ्यानहरु वातारण मैत्री एवं प्राविधिक दृष्टिकोणले उत्कृष्ट रहेको कम्पनीले जानकारी गराएको छ। साथै अपिलको अन्त्यतिर यी उत्पादनहरु नेपाली बजारमा उपलब्ध हुनेछन्।  

६ वर्ष वा ३ लाख किलोमिटरको वारेन्टी, ४१.८६ किलोवाट क्षमताको ब्याट्री, २८५ किलोमिटर रेञ्ज (एक पटकको फुल चार्जमा), लिथिएम आएन ब्याट्री प्याक,  २०५ एमएम ग्राउण्ड क्लिएरेन्स, सुविधाजनक कम्पनी जडित लेदर सिट र लेग स्पेस आदि यी गाडीका विशेषताहरु रहेका छन्।

कम्पनीका अनुसार यिनीहरुमा ३६० डिग्रीको दृश्य देखिने क्यामरा पनि जडित छ जुन नेपालमा हाल उपलब्ध अन्य कुनै पनि भ्यानहरुमा पाइँदैन। त्यस्तै विशेषतः ११ सिट क्षमताको भ्यानमा बुट स्पेस समेत उपलब्ध छ।

चीनको सरकारद्वारा सञ्चालित सीएचटीसी मोटर्स विश्वको ५०० सर्वोत्कृष्ट कम्पनीहरु मध्येको सिनोमाच ग्रुपको एक इकाई हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .