वीरगन्जको बाइपास रोडस्थित नबिल बैंकको शाखामा चोरी भएको छ। १ करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएको भन्दै बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ।
प्रहरीले हालसम्म संकलन गरेको विवरणअनुसार, चोरको एक समूहले आइतबार राति बैंकको ताल्चा फुटाई भित्र पसेका थिए। वेल्डिङ गर्ने मेसिनले टिनको बक्सा काटेर नगद निकालेको र बोरामा हालेर लगेको प्रहरीको भनाइ छ।
बैंकले प्रहरीमा दिएको विवरणअनुसार, टिनमा एक सय र बीस रुपैयाँ दरका नोट थिए। । चोरी गरी फर्किने क्रममा गेटमा नयाँ ताल्चा लगाएर चोर भागेको पाइएको छ।
सोमबार बिहान बैंकको गार्डले ताल्चा खोल्न खोज्दा नखुलेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीको रोहबरमा ताल्चा फुटाएर भित्र प्रवेश गर्दा चोरी भएको पाइएको थियो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Shares
प्रतिक्रिया