कारोबार


यस वर्ष जीडीपीमा निर्यातको योगदान बढ्ने

यस वर्ष जीडीपीमा निर्यातको योगदान बढ्ने

नेपालखबर
बैशाख १८, २०८१ मंगलबार १८:५४, काठमाडौँ

चालू आर्थिक वर्षमा कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा निर्यातको योगदान बढ्ने भएको छ।

विगत २ वर्षको तुलनामा १ प्रतिशतले बढ्ने प्रारम्भिक अनुमान गरिएको हो। 

आर्थिक वर्ष २०८०/०८१ मा जीडीपीको ७.९४ प्रतिशत निर्यात हुने अनुमान छ। गत आर्थिक वर्षमा यस्तो योगदान ६.९६ प्रतिशत रहेको थियो।

आर्थिक वर्ष २०७८/७९ को अन्तिम तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादनको ६.७० प्रतिशत निर्यात भएको थियो।

कुल गार्हस्थ्य उत्पादनमा वस्तु तथा सेवा आयातको योगदान घटेको छ। गत आर्थिक वर्ष ३४.६८ प्रतिशत आयात हुने अनुमान रहेकोमा चालू आवमा ३३.७० प्रतिशत मात्रै योगदान हुने अनुमान रहेको छ। 

आर्थिक वर्ष २०७८/०७९ को अन्तिम तथ्यांक अनुसार उक्त वर्षमा ४२.२७ प्रतिशत योगदान रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .