कारोबार


आकाशको तुँवालो फाट्यो, चार दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु

आकाशको तुँवालो फाट्यो, चार दिनपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सुचारु

फाइल तस्बिर


नेपालखबर
बैशाख २०, २०८१ बिहिबार १०:५३, काठमाडौँ

दैनिक हजारौं यात्रुको आउजाउ हुने पर्यटकीय गन्तव्य पोखराको उडान आजदेखि सुचारु भएको छ। विगत एकसातादेखि कम भिजिविलिटीका कारण पोखरामा हवाइ उडान निकै प्रभावित भएका थिए।

२५ अप्रिलदेखि शुरु भएको अवरुद्ध उडान एकसातापछि आज बिहानदेखि सुचारु भएको हो। 

बुद्ध एयरले काठमाडौँ पोखरा रुटमा दैनिक उडान गर्दै आएको छ। साथै पोखराबाट नेपालगञ्ज, भैरहवा तथा भरतपुरको पनि सिधा उडान हुँदै आएको छ।

२५ अप्रिलका दिन दिउँसो ४ बजे अनुकुल भिजिविलिटी भएपछि बुध्दले ७ उडान भरेको थियो । अप्रिल २६ र २७ का दिन एउटा पनि उडान भएनन्। २८ अप्रिलका दिन दिउँसो साढे १ बजेदेखि मौसममा सुधार भएपछि ६ उडान भएको थियो। त्यसैगरि २९ र ३० अप्रिलका दिन पनि एउटै उडान भएनन्। 

मे १ का दिन दिउँसो १ बजेदेखि मौसममा सुधार भएपछि ५ उडान भएको थियो।

उडान नहुँदा नेपालीका साथै विदेशी यात्रुहरुलाई निकै सकस परेको थियो। आजदेखि उडान सुचारु हुँदा पोखराको चहलपहल पुनः बढ्ने सम्भावना रहेको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले बताए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:info@nepalkhabar.com
News:news@nepalkhabar.com

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
advertising@nepalkhabar.com
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .